SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
१६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड प्रस्थान गर्नु भएको छ ।
पार्टी महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज लेखिरहेका प्रचण्ड एक्कासी पत्नी सीतासहित थाइल्याण्ड प्रस्थान गर्नुभएको हो । प्रचण्ड पत्नी सीताको उपचारका लागि थाइल्याण्ड जानुभएको उहाँका सहयोगी शिब खकुरेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।सीताको मृगौलामा पहिलेदेखि नै समस्या रहेको र एक्कासी बढ्ता दुख्न थालेकाले जाँचका लागि जानुपरेको खकुरेलले बताउनुभयो ।
थाइल्याण्डको बुमरंगगार्ड इन्टरनेशनल अस्पतालमा सीताको स्वास्थ्य जाँच गरिने जानकारी दिँदै खकुरेलले पहिले पनि सोही अस्पतालमा उहाँको मृगौला जाँच गराइएको बताउनुभयो । मंगलबार डाक्टरसँग समय मिलाइएको उहाँले जानकारी दिनुभयो ।
प्रचण्ड दम्पत्ति पर्सी नेपाल फर्कने कार्यक्रम छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !