SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
भैरहवा, माघ ६ - भगवान् बुद्धको जन्मस्थलबारे पटक-पटक विवाद र भ्रम सिर्जना गर्दै आएको भारतीय पक्षले पछिल्लो पटक बुद्धका बुवा राजा शुद्धोधनको दरबार र शाक्यमुनिको राजधानी आफ्नो मुलुकमा पर्ने भ्रामक प्रचार सुरु गरेको छ ।
जबकि, विभिन्न पुरातत्त्वविद्ले गरेका खोज, अध्ययन र उत्खननबाट उक्त प्राचीन राजधानी कपिलवस्तुको तिलौराकोटमै पर्ने निश्चितप्रायः भइसकेको छ ।
लुम्बिनी र तिलौराकोट सडकको बीचमा पर्ने पकडीदेखि ८ किमि दक्षिण भारतको सिद्धार्थनगर जिल्लास्थित पिप्रहवा प्राचीन कपिलवस्तु र शाक्यमुनिको राजधानी भएको दाबी भारतले पछिल्लो पटक गर्न थालेको हो । चार दिनअघि भारतीय दूतावासले संस्कृति, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग मिलेर लुम्बिनीमा आयोजना गरेको 'नेपाल इन्डिया टुरिजम मार्ट' कार्यक्रममा भारतीय पक्षले प्राचीन कपिलवस्तु र शाक्यमुनि राज्यको राजधानी पिपरहिया भएको दाबीसहितको प्रचार सामग्रीसमेत बाँडेको छ ।
पर्यटनमन्त्री पोस्टबहादुर बोगटी, भारतीय राजदूत जयन्त प्रसाद र पर्यटन सचिव सुशील घिमिरेलगायत सहभागी कार्यक्रममा भारतको उत्तर प्रदेश पर्यटनले प्रकाशित गरेको 'दी पाथ' नामक पुस्तकमा शुद्धोधनको दरबार कपिलवस्तु (पिप्रहवा) मा रहेको र त्यहाँ शाक्यमुनि बुद्धले आफ्नो बाल्यकालको अधिकांश समय बिताएको दाबी छ ।
'राजा शुद्धोधनको दरबार तथा शाक्यमुनि राजधानी कपिलवस्तुको तिलौराकोट भएको बलियो सम्भावनाका प्रमाण उत्खननबाट फेला परेका छन्,' लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, 'भारतीय पक्षले दाबी गरेको स्थल उत्खननबाट प्रमाणित छैन ।'
बिडारीका अनुसार सन् १८९५ मा जर्मन पुरातत्त्व सर्भेयर फ्युहरले तिलौराकोट पुरातात्त्विक स्थल भएको पत्ता लगाएपछि सन् १८९९ मा भारतको तत्कालीन बि्रटिसको पालामा सर्भे अफ इन्डियाको तर्फबाट पहिलोपटक तिलौराकोटको उत्खनन गर्दै भारतीय पुरातत्त्वविद् पूर्णचन्द्र मुखर्जीले राजा शुद्धोधनको दरबार र शाक्य राजाको राजधानी तिलौराकोट भएको ठोकुवा गरेका थिए ।
भारतीय पुरातात्त्विक सर्भेयरको तर्फबाट सन् १९६२ मा भारतीय पुरातत्त्वविद् देवला मित्राले तिलौराकोटको उत्खनन गरेर उत्खननबाट फेला परेका सामग्री ईशापूर्व तेस्रो शताब्दीअघिको नभएको बताएर विवादमा ल्याएकी थिइन् ।
सन् १९६७ देखि १९७२ सम्म उत्खनन गरेका तारानन्द मिश्र, त्यसपछि उत्खनन गरेका बाबुकृष्ण रिजालले पनि शाक्यमुनि राजधानी तिलौराकोट नै भएको देखाएका छन् ।
सन् १९९७ र १९९९ मा युनोस्को मिसनले प्रो. रविन कनिघंमको नेतृत्वमा कोषप्रसाद आचार्य र वसन्त बिडारीसहितको टोलीले उत्खनन गर्दा फेला पारेको पुरातात्त्विक तथा ऐतिहासिक सामग्रीले र २००५ र ६ मा पुरातत्त्व विभागले गरेको सुरक्षा किल्ला पर्खालको उत्खननबाट पनि तिलौराकोटलाई बलियो सम्भावना देखाएको छ ।
यद्यपि तिलौराकोट क्षेत्रको सबै स्थलको उत्खनन हुनचाहिँ बाँकी छ ।
डेढ दशकअघिसम्म बुद्ध जन्मस्थल लुम्बिनीबारे विभिन्न विवाद र भ्रम सिर्जना गरेको भारतीय पक्षले पछिल्लो पटक बुद्धको बुवा राजा शुद्धोधनको दरबार र शाक्य राज्यको राजधानीबारे भ्रम सिर्जना गर्दै पर्याप्त प्रमाणबिना आफ्नो मुलुकमा पर्ने दाबी गर्नु निकै रहस्यपूर्ण मानिएको छ । सन् १९९७ मा लुम्बिनीलाई युनेस्काले विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि भारतीय पक्षबाट लुम्बिनीबारेमा विवाद र भ्रम अन्त्य भएको थियो ।
'भारतको पिप्रहवा पनि बुद्धसँग सम्बन्धित स्थल हो भन्नेमा कुनै विवाद छैन,' कोषका अर्का पुरातत्त्वविद् कृष्ण केसीले भने, तर प्राचीन शाक्यमुनि राज्यको राजधानी नै हो भनेर मान्ने प्रमाणित आधार फेला परेको छैन । उनका अनुसार सन् १९७० को दशकमा भारतीय पुरातत्त्वविद् केएम श्रीबास्तवले पिप्रहवामा उत्खनन गरी शाक्य राज्यको राजधानी भएको दाबी गरेका हुन् ।
यसबारे नेपाल सरकारको तर्फबाट आधिकारिक धारणा आएको छैन । लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्यांग्बो शेर्पाले आफू त्यस कार्यक्रममा सहभागी नभएको र गलत नियतले पुस्तक छापी वितरण गरिएको हो भने दुःखद भएको बताए ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !