Headlines News :
Home » » भिक्टोरियाको विद्यालयस्तरिय परिक्षामा खनाल सर्वोत्कृष्ट

भिक्टोरियाको विद्यालयस्तरिय परिक्षामा खनाल सर्वोत्कृष्ट

Written By Pikford Junior on Tuesday, January 1, 2013 | 2:10 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१७ पुस, मेलवर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको विद्यालयस्तरिय परिक्षामा नेपाली विद्यार्थी रोहन खनाल सर्वोत्कृष्ट भएका छन् ।यो वर्षको भिक्टोरियन सर्टीफिकेट अफ एजुकेसनमा उनले ९९.४० प्रतिसत नतिजा ल्याएर एक्सिलेन्स अवाड र मोनास विश्वविद्यालयमा इन्जिनियरिङ बिषयमा छात्रबृति समेत पाएका छन् ।
अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका खनालले थाईल्याण्डको एसियन इन्टीच्युट अफ टेक्नोलोजीबाट विद्यालयस्तरको अध्ययन शुरु गरेका थिए । परिवार सहित अष्ट्रेलिया बसाई सरेपछि कक्षा ६ बाट उनले मेलवर्नको सरकारी स्कुलामा अध्यनलाई निरन्तरता दिएका थिए । उनी अहिले सम्म भिक्टोरियाको सेलेक्टीभ स्कुलमा पाढ्नै एक मात्र नेपाली विद्यार्थी हुन् ।
गणितमा निकै राम्रो ज्ञान भएका खनालले अष्ट्रेलियन म्याथमेटिक ट्रष्ट, रोयल अष्ट्रेलियन केमिकल इन्सिच्युट, न्यु साउथ वेल्स विश्वबिद्यालय, नेसनल जोग्रफिक च्यानल र रियो टिन्टो जस्ता संस्थाहरुले आयोजना गरेको विभिन्न विज्ञान र गणित विषयका प्रतियोगिताहरुमा पुरस्कार जितेका छन् ।यसअघि ११ कक्षामा अध्यन गर्दा रोहनले विजनेस इन्टप्राइज अवार्ड जितेका थिए । बिद्यालयले आयोजना गर्ने प्रयः सबै अतिरिक्त क्रियाकलापहरुमा उनी सहभागि हुन्छन् ।
साथै खेलकुद, कम्पुटर गेम र जाशुसि उपन्यासहरु पढ्न उनलाई रुची लाग्छ । पेशाले इन्जिनियर रोशन खनाल र डा गिरिजा श्रेष्ठका छोरा रोहनको सफलताप्रति नेपाली महाबाणिज्यदूत चन्द्र योञ्जन, नेपाली एसोसिएसन अफ भिक्टोरिया र त्यहाँ बस्ने सयौँ नेपालीले बधाई र शुभकामना पनि दिइरहेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf