SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ ।
सुन्दै आङ नै जिरिंग हुने यो घटनाले नेपाली समाज कता जाँदै छ भन्ने प्रश्न पनि उब्जिएको छ । छोरीलाई बाबुले नै बलात्कार गरेको घटना बेला–बेला सार्वजनिक नभएका होइनन् । तर, छोरीलाई नै श्रीमती बनाएर बच्चासमेत जन्माएको यो घटनाले जो कोहीलाई भावविह्वल बनाउँछ । आफ्नै जेठी छोरीलाई सात वर्षअगावै श्रीमती बनाएका शान्तिनगर बरगाछीनिवासी ५१ वर्षीय सौगात साहको कर्तुत उनकै तीन छोरीले सार्वजनिक गरेका हुन् ।
जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । जेठी छोरीबाट जन्मेको बच्चा ६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरूको कुरा सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए । छोरीहरूको उजुरी र बयानलगत्तै प्रहरीले सौगातलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई) गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।
उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई लुकाउनुपरेको बयान दिएका थिए । त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरूले समेत सो बच्चालाई भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरू पनि असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन् । छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
घरमा बस्न असुरक्षित भएको बताएका तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ । सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन् । ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए । घटना बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध उत्रिएका छन् । महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !