Headlines News :
Home » » अमेरिकालाई हल्लाउने दुई शक्ति शालि मान्छे !

अमेरिकालाई हल्लाउने दुई शक्ति शालि मान्छे !

Written By Pikford Junior on Monday, August 5, 2013 | 3:04 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 ओसामा बिन लादेनले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको टि्वनटावर ध्वस्त बनाए । लादेनको आक्रमण एक्काइशौं शताब्दीको पहिलो दशकमा भएको विश्वप्रभावी घटना थियो । अहिले एक्काइशौं शताब्दीको पहिलो दशक समाप्त भएर दोस्रो दशकमा अमेरिकाका लागि थप दुईजना ‘बिन लादेन’हरु नयाँ शैलीमा जन्मिएका छन् ।

ओबामा प्रशासन यतिबेला नयाँ शताब्दीको दोस्रो दशकमा दुईजना व्यक्तिसँग लडाइँ लडिरहेको छ । अफगानिस्तानमा अमेरिकाले यति हाराबारा खेल्नु परेन, इराकमा पनि उसले यतिठूलो भुक्तमान खेप्नु परेन । तर, केवल दुई व्यक्तिले यतिबेला अमेरिकालाई हाराबारा खेलाइरहेका छन् । ओहो ! कति वलवान हुँदोरहेछ एक्काइशौं शताब्दीको मान्छे !

शायद बिन लादेनले एक दशकमात्रै धैर्य गरेका भए उनले अमेरिकामाथि कुनै भौतिक आक्रमण गर्ने थिएनन् र यस्तै नयाँ प्राविधिक लडाइँको सहारा लिने थिए । आखिर सूचना प्रविधिको विकाससँगै एक्काइशौं शताब्दीको दोस्रो दशकले के देखाइदिएको छ भने अब दुनियाँमा उपद्रो गर्न, देश-देशवीचको सम्बन्धलाई परिवर्तन गर्न अनि कुनै पनि देशविरुद्ध संघर्ष गर्न सय किलोग्राम भन्दा कम तौलको एउटै मान्छे नै पर्याप्त छ । र, यसैका प्रमाण हुन् जुलियस असान्ज र ३० वर्षे अमेरिकी ठिटो एडवार्ड स्नोडेन । यी दुई व्यक्तिहरु यो शताब्दीको दोस्रो दशकका सबैभन्दा शक्तिशाली बनेर निस्किएका छन् । हेरौं, आगामी दशकमा संसारमा अझै के-के देख्न पाइने हो !

एडवार्ड स्नोडेनको शक्ति
अमेरिकाको राष्ट्रिय प्रतिरक्षासम्बन्धी सूचना अनधिकृतरुपले चोरेर बाहिर ल्याएको आरोप लागेका ३० वर्षीय अमेरिकी मूलका एडवार्ड स्नोडेन यतिबेला रुसमा छन् । ३० वर्षे ठीटो यतिबेला अमेरिकाका लागि यति ठूलो शत्रु बनेका छन् कि अमेरिकी राष्ट्रपति ओबामाको आशन्न रुस भ्रमणको महत्वपूर्ण एजेन्डा यिनै एक व्यक्ति बन्नेवाला छन् । यतिमात्रै होइन यिनै एक व्यक्तिले बेलायत, अमेरिका, रुस र अन्य युरोपेली मुलुकका साथै भेनेजुएलालाई समेत हल्लाएका छन् ।

अमेरिका र बेलायतले गरेको जन निगरानीसम्बन्धी कार्यक्रमको वर्गीकृत सूचना स्नोडेनले चुहाएपछि बेलायतमा रातारात हाउस बोलाउनुपरेको छ । अमेरिकाको विरोधमा रहेको भेनेजुएलाले स्नोडेनलाई शरण दिने घोषणा गरिसकेको छ भने रुसको एयरपोर्टमा कयौं हप्ता अन्तरराष्ट्रिय प्रभाव क्षेत्रमा रहेर उनले रुस र अमेरिकाको सम्बन्धमा समेत तरंग ल्याइरहेका छन् । हालै उनलाई रुसले एक वर्षका लागि अस्थायी शरण दिने निर्णय गरेको छ । अमेरिका र बेवालयवीचको गोप्य सूचना चुहाएपछि उनी हङकङबाट रुस गएका हुन् ।

अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीको प्राविधिक कर्मचारी रहेका स्नोडेनले त्योभन्दा पहिले सीआइएमा समेत जागिर खाएका थिए । गत मेमा अमेरिका छाडेका उनलाई अमेरिकी सरकारले जासुसी एवं सूचना चोरीको आरोप लगाएको छ ।

स्नोडेनको सूचनाका आधारमा लण्डनबाट गार्जियन पत्रिकाले श्रंखलावद्धरुपमा जननिगरानी कार्यक्रमबारे समाचार प्रकाशन गरेको थियो । स्नोडेनलाई कसैले गद्दार मानेका छन् त कसैले महान व्यक्ति भनेका छन् । तर, उनले गरेको खुलासाले अमेरिका र विश्वका विभिन्न मुलुकको सम्बन्ध बिगि्रएको छ । यो घटनापछि सरकारी गोपनीयता, जननिगरानी एवं नागरिकको गोपनीयताको हकका सम्बन्धमा विश्वभरि बहस सिर्जना भएको छ ।

के हो जननिगरानी ?
मास सर्भिलियन्स (जन निगरानी) यतिबेला विश्वव्यापी बहसको विषय बनेको छ । शान्ति सुरक्षा एवं आतंकवाद नियन्त्रण गर्ने नाममा व्यक्तिका गतिविधिमाथि राज्यले प्रत्यक्ष निगरानी र हस्तक्षेप गर्न पाउँछ कि पाउँदैन भन्ने विवादको आगोमा स्नोडेनले घिऊ हालिदिएका छन् । स्नोडेनको सूचनाकै कारण अष्ट्रेलिया र अमेरिकाको सम्बन्धमा पनि असर परेको छ ।

अमेरिकालगायत विभन्न देशमा जननिगरानीका अनेकन तरिका अपनाउने गरिएका छन् । व्यक्तिको टेलिफोन ट्यापिङ गर्ने, सार्वजनिक ठाउँमा जासुसी क्यामेरा फिट गर्ने, अवैधानिक र गोप्य रुपमा गाडीहरुमा एरियल एवं विभिन्न उपकरणहरु फिट गर्ने फिंगर पि्रन्ट र डीएनएस रेकर्ड गर्ने, कम्प्युटरमार्फत गोप्य सूचना लिने एवं इन्टरनेटको माध्यमबाट सूचना लिने जस्ता कार्यहरुमार्फत राज्यले जननिगरानी बढाएर व्यीक्तको अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै एक्काइशौं शताब्दीको दोस्रो दशकमा नयाँखालको बहस जन्मिएको छ । यसैक्रममा अमेरिकाले बेलायतलगायतका मुलुकसँग गोप्यरुपमा सम्झौता गरेर निगरानीसम्बन्धी गोप्य दस्तावेज गार्जियनले उजागर गरेको छ ।

नेपालमा पनि जननिगरानीसम्बन्धी विवाद नभएको होइन । व्यक्तिको टेलिफोनको ‘कल डिटेल’ लिने लगायन्तका विषयमा नेपालमा पनि बहस हुने गरेको छ । ‘मोबाइल ट्यापिङ’ पनि नेपालको समस्या हो भन्ने कुरा गतसाल कृष्णबहादुर महराको फोन सम्वाद भारतीय दूतावासले सार्वजनिक गरेबाट स्पष्ट हुन्छ । गणतन्त्र आइसकेपछि नेपाल सरकारले गोप्य राख्नुपर्ने सूचनाको वर्गीकरण गर्ने प्रयास गरेको थियो, तर त्यो पत्रकारहरुको विरोधका कारण सफल हुन पाएन । अहिले विश्वमा भइरहेको ‘क्लासिफाइड इन्फरमेशन’को मुद्दा पनि यही हो । तर, राज्यको आन्तरिक सुरक्षामा ‘क्लासिफाइड इन्फरमेशन’को जरुरी हुने राज्यपक्षको दाबी रहँदै आएको छ । एक्काइशौं शताब्दीमा यस्ता प्रविधिक विषयले राज्य र व्यक्तिको गोपनीयतामा कसरी असर पार्छ भन्ने कुरा यसबाट प्रस्ट हुन्छ ।

असान्जे अर्का अत्याधुनिक मान्छे
अष्ट्रेलियाका ४२ वर्षीय जुलियन असान्जे पनि एक्काइशौं शताब्दीका खतरनाक मान्छे हुन्, जसले अमेरिकालाई विन लादेनले भन्दा कम दुःख दिएनन् । ‘विकिलिक्स’ वेभसाइटका नाममा अमेरिका र संसारभरिका विभिन्न देशसँगको सम्बन्धबारे आश्चार्यजनक रुपमा सूचना बाहिर ल्याएर असान्जेले के प्रमाणित गरिदिएका छन् भने यो युगको एउटा मान्छेले सानो कोठामा बसेर विश्वयुद्ध मच्चाइदिन सक्छ । आज नेपाल भारत सम्बन्ध, बाह्रबुँदे सम्झौता वा संसारका जुनसुकै मुलुकको सूचनाको आधार विकिलिक्स बन्न पुगेको छ भने असान्जेले अष्ट्रेलियामा यही नाममा नयाँ पार्टी खोल्ने निर्णय गरेका छन् ।

सन् २०१० जुलाइमा आफगान युद्धको डायरी उजागर गरेका असान्जेको विकिलिक्सकै कारण कतिपय देशमा आन्दोलनसमेत भए ।

अन्त्यमा,
असान्जे र स्नोडेन राम्रा मान्छे हुन् या खराब, उनीहरुले सही गरे या गलत, यो बेग्लै विश्लेषणको विषय हो । तर, विश्वमा प्रभुत्व जमाइरहेको मुलुकका लागि एक्काइशौं शताब्दीको दोस्रो दशकको एकजना सामान्य व्यक्ति यतिसाह्रो खतरनाक हुन सक्छ भन्ने शिक्षा चाँहि यी अत्याधुनिक दुई व्यक्तिले दिएका छन् । हुनत अघिल्ला शताब्दीमा पनि जासुसहरु हुन्थे, अमेरिका र रुसमा सूचनाबाहकहरु शरण लिने गर्थे । कतिपय मारिन्थे पनि । तर, अघिल्लो शताब्दीको मान्छेसँग एक्लैले एकैदिनमा यसरी संसारै हल्लाउने ताकत थिएन । थाहा छैन, अघिल्लो दशकमा सिंगै राज्यका लागि सामान्य ५०/६० किलोको मान्छे कति खतरनाक भएर उदाउने हो ! हामीचाहिँ मान्छेभित्रको बेजोड तागत देख्न पाउने एक्काइशौं शताब्दीका ‘भाग्यमानी’ सावित भैरहेका छौं ।

अमेरिकी नागरिक स्नोडेनले एउटा खतरानाक उदघाटन गरेका छन् : तपाई माइक्रोसफ्ट, गुगल, याहु, फेसबुक इत्यादि चलाइरहनुभएको छ ? तपाईका कुनै पनि सूचनाहरु सीआइएका सामु गोप्य छैनन् । व्यक्ति वा राज्यको गोपनीयताको हकमाथि अमेरिकाको सबैभन्दा ठूलो आक्रमण हो यो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf