SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
पाश्र्व गायिका अञ्जु पन्तले राष्ट्रिय मासिक म्यागेजिन मिरर न्यूज मार्फत जीवनका भोगाईहरु सार्वजनिक गरेकी छिन् । मिरर न्यूजमा गायिका अञ्जु पन्तका बारेमा प्रकाशित केही अंश फिल्मीखबरले अपलोड गरेको छ ।
एकोहोरो प्रेमीलाई जेल पठाइयो
म रियाजमा मस्त हुन्थें, मेरो वरीपरी बस्नेहरु मन्त्रमुग्ध भएर सुनिरहंन्थे । विस्तारै विस्तारै उनीहरु मध्ये केही त मेरो पछि नै लाग्न थाले । यतिसम्म की ईन्सीच्यूटमै धर्ना दिएर बसिदीने, घर जाँदा पनि सँगसँगै लाग्ने । उनीहरुको व्यवहारले मलाई डरमर्दो हुन्थ्यो । त्यसमध्ये त एक जना मैले रेक्सपेक्ट गर्ने, म भन्दा सिनियर पनि हुनुहुन्थ्यो । मैले हार्मोनियम बजाएर रियाज गर्दा, उहाँ यति मोहित हुनुभएछ कि पछि लागेर हैरान पार्नु भयो । प्रेम प्रस्ताव नै राख्नु भयो । उहाँको रेक्सपेक्टले गर्दा पनि बोल्थें तर प्रेम प्रस्ताव नै राखेपछि मलाई डर लाग्थ्यो । मैले धेरै सम्झाएँ, अरुले पनि सम्झाए तर सम्झिनै नसक्ने भएपछि उहाँलाई थुनामा पठाउनु पर्यो । प्रहरीबाट चुटेपछि मात्रै उहाँले गल्ती स्विकार्नु भयो । र, त्यस्तो हर्कत पनि छाड्नु भयो । यस्ता घटना त अहिले झन् धेरै देखिन्छन् ।
खोला किनारमा गीत गाएर डेटिङ
चार वर्षपछि एक दिन डिल्ली बजारको उकालोमा एक्लै हिडिरहेको देखें । बोलाएँ तर उहाँले सुन्नु भएन । त्यतीखेर उहाँ केही पनि नसुन्ने आफ्नै पारामा एक्लै हिड्ने स्वभावको हुनुभएको रहेछ । लामो समय पछि भेट भएको थियो । केही बेर गफियौं र त्यही भेटेदेखी हामी निकट पनि भयौं । हामी नजिकका थियौं तर एकले अर्कालाई प्रेम प्रस्ताव राखेनौं । सँगै घुम्न पनि जान्थ्यौं । हाम्रो डेटिङ स्पट कुनै खोलाको किनारमा हुन्थ्यो । मलाई किनारमा बसेर गाउन एकदमै मज्जा लाग्छ । कलकल पानीको तालसँगै गीत गाउँदा म आनन्दित फिल गर्छु । स्वयम्भू छेउको खोला किनारमा घण्टौं बस्थ्यौं । सुन्दरी जल पुग्थ्यौं । मैलैं गाउँदा उहाँ सुन्नु हुन्थ्यो, उहाँले गाउँदा म सुन्थें । मलाई खुसी पार्न उहाँ खाजामा चिकेन मःम ल्याउनु हुन्थ्यो । यत्रो महंगो मःम ल्याउनु पर्ने ? वाइवाइ चाउचाउ ल्याएको भए भैहाल्थ्यो नि ! भन्दै म चाहि गाली गर्थें । एउटा वाइवाइ चाउचाउ आधा आधा खाँदा पनि एकदम खुसी हुन्थ्यौं । धेरै वर्ष पछि लागेर उहाँले आँट गर्दा पनि नभएको कुरा दुई महिनाको पछिल्लो भेटमै भयो । उहाँ मलाई राम्रो लाग्न थाल्नु भयो । र, दुई महिनाको प्रेम सम्बन्ध पछि हामी बिहे गर्ने निधोमा पुग्यौं ।
लभ चल्दा नै झापड हानेर बेहोस बनाए
शंकै शंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिन देखी नै उहाँले मलाई पिट्न थाल्नु भयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस् पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बिच बाटोमै मलाई जोडले थप्पड हान्नु भयो । म त बेहोस पो भएछु । पछि उहाँले नै ट्याक्सीमा हालेर घर पुर्याउनु भएछ । म होसमा आएपछि उहाँले 'आइ लभ यू', 'सरी' भन्नुभयो । मेरो कोमल मन पग्लिहाल्थ्यो । अहिले पछुतो लाग्छ, त्यतीबेला मैले त्यो झापडको जवाफ दिएको भए आज यो दिन देख्नु पर्दैन्थ्यो होला । मैले अनुभव गरें, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दौरहेछ ।
पटक पटक मर्न खोजें
एकपटक सुत्केरी भएको २२ दिनमै नानाभाती शंका गरेर मनोजजीले झगडा गर्नुभयो । धेरै सम्झाएँ तरपनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि, रूंदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै मेटिएको छैन । विभिन्न कार्यक्रममा तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरी दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ? आँखा सुनिदा चस्मा लगाएर गाएकी छु । हङकङको कार्यक्रममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । सँगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए । छोरी डेढ वर्षको हुँदा यो मेरो छोरी नै होइन, कुनचाहीं को हो भन्दै ग्यासमा लगर झोसिदिए । एकपटक त मर्छु भनेर निद्राको औषधी सात, आठ चक्की खाएँ । तर, निकै बेर भैसक्यो निन्द्रा पनि लागेन र केहि पनि भएन । निद्रा नै नलागेपछि घरमा सबैलाई भनिदिएँ, दिक्क लागेर मर्छु भनेर निद्राको औषधि खाएको केही पनि भएन । त्यसपछि त आत्तिंदै एक जग पानी खुवाइदिए र भोमिट गराए । त्यसपछि बाँचे । पछि थाहा भयो, त्यो औषधी त ससुराको मानसिक रोगको पो रहेछ ।
छुटिने दिन रातभर कुटाकुट भयो
विदेशमा धेरै कन्सर्टमा जान्थे तर दुवैजना सँगै भने गएका थिएनौं । सँगै जाने उहाँको पनि इच्छा थियो । हामी एकैचोटी सँगै अमेरिका गयौं । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औला नै भाँचिदिनु भयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किए उहाँ उतै बस्नुभयो । केही महिनापछि उहाँ पनि फर्कनु भयो । फर्केपछि त झन् दिनरात टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न थाल्नुभयो । उहाँसँग छुट्टिनु अघि रातभरि नै झगडा पर्यो । बिहानको चार बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । तँ किन कुरा बुझ्दिनस् भन्दै घाँटी झ्याँके । सास नै जाला जस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त अति नै गरे, मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन उसै भएन, देब्रे हातले मज्जाले बजाएँ । बेस्सरी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै उहाँको आँखा रातै भयो । आफ्नो भन्नेबाट घरमै यस्तो हुन्छ भने बाहिरबाट के आश गर्नु ? घरमै दैत्य भएपछि बाहिर सुरक्षित भएर के गर्नु र ? दिनदिनै यस्तो हुन थालेपछि कसरी सँगै बस्नु भन्ने लाग्यो । त्यसअघि मैले ठुलोठुलो घाउचोट लाग्दा पनि लुकाउँथेँ । सहनशीलताको डोरी यति कसियो कि अब चुँडिनै पर्ने भयो । निधो गरेँ, अबचाहिं छाड्छु । र, चार बजे नै दाइलाई एसएमएस पठाएँ, 'दाई तपाईं मेरो घरमा छिटो आउनुहोस् त ।' त्यसपछि अब देखी यसो गर्दिन, प्लिज कसैलाई खबर नगर भन्दै उहाँले लगातार माफी मात्रै माग्नुभयो । दाईले गाडीमा हालेर घर लग्नुभयो । घरका सबै परिवार अंगालो हालेर डाँको छोडेर रुनथाल्नु भयो । त्यसपछि अब त हुँदैन भनेर उहाँहरुले नै डिभोर्स गर्ने निर्णय गर्नुभयो । त्यसपछि हाम्रो सम्पर्क भएन ।
बुढाबुढी हुन् त बर्फीको जस्तो
फुर्सदमा म बर्फी फिल्म पटक पटक हेर्छु । फिल्ममा पात्र बोल्न नसक्ने भएपनि वैवाहिक जीवनमा बाँधिएपछि नमरुञ्जेलसम्म उनीहरुबीच जुन माया र विश्वास छ, त्यो आफूमा कल्पना गर्थें । कति इनोसेन्ट, कति मायालाग्दा, आहाहा...! मेरो पनि त्यस्तै होस् भन्ने चाहान्थे तर, सब भताभुंग भयो ।
सेक्सको भोको कहिल्यै भइँन
बूढासँगै हुँदा चाहि योजनाहरु बनाउँथे । आफै म्यूजिक कम्पनी खोल्ने, इन्स्च्यिूट खोल्ने, कटेज जस्तो घर बनाउने जस्ता सपनाका कुरा गथ्र्यौ । अब मलाई न साथी चाहिएको छ, न जीवननसाथी नै । सेक्सको भोको न म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि सेक्स तिर ध्यान जान्न । तर पनि, भोलीको कुरा कस्ले पो के भन्न सक्छ र ? जे पनि हुन सक्छ । एक सेकेन्ड पनि के हुन्छ, कसैलाई थाहा हुँदैन ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !