
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
|
क्यान्सर यस्तो बिराम हो जसको औषधी पनि छैन । यसको उपचार प्रक्रिया धेरै गम्भिर जटिल र लामो हुन्छ । बलिउडमा र हलिउडका सेलीब्रेटीहरु यस्ता पनि छन् जसले यो रोगमाथि जित हात पारेर अहिले नयाँ जीवन पाएका छन् ।लिजा रे(मोडेल)
१९८७ मा आफ्नो करियर सुरु गरेकी यी नायिकाले सन् २००१ मा फिल्म कसुर मार्फत् बलिउडमा प्रवेश गरेकी थिइन् । उनले त्यो समयमा हलिउडमा काम गरिन् । सन् २००९ मा टोरटो इन्टरनेशनल फिल्म फेस्टिवलको दौरानमा उनलाई मल्टीपल मिलोमा नामक क्यान्सर लागेको घोषणा गरियो । त्यसपछि उनले आफ्नो ब्लगको माध्यमबाट यस बिरामीसँग जोडिएको अनुभव साट्न थालिन् । सन् २०१० मा स्टेम सेल ट्रान्सप्लान्टपछि उनलाई क्यान्सर मुक्त भएको घोषणा नै गरियो ।
मनिषा कोइराला(नायिका)
सुभाष घइको सौदागार फिल्म मार्फत करियर सुरु गरेकी मनिषाले बलिउडमा महत्वपूर्ण भुमिकाहरु निर्वाह गरेर अलग पहिचान बनाउन सफल भएकी छिन् । उनलाई सन् २०१२ क्यान्सर लागेको कुरा पत्ता लाग्यो । उनले त्यसको डटेर सामाना गरिन् । उनको उपचार न्युयोर्कमा भयो । अहिले नयाँ जीवन बाचिरहेकी छिन् ।
एंजेलीना जोली (हलिउड नायिका)
हलिउडमा सबैभन्दा सुन्दरी भनेर चिनिने अभिनेत्री मानिने एंजिला जोली पछिल्लो साल स्तन क्यान्सर भयो । उनले त्यसबाट बच्न डबल म्यासेक्टोमी पनि गराइन् । उनको आमाको पनि यही कारणले मृत्यु भएको थियो । उनलाई ८७ प्रतिशत क्यान्सर भएको आशंका थरिएको थियो ।
बारबरा मोरी, मोडेल तथा नायिका
मैक्सिकन मोडल बारबरा मोरीले ऋतिक रोशनका साथ ‘काइटस्’ नामक चलचित्रबाट बलिवुडमा कदम राखेकी थिइन् । यसको अलवा उनले कयौं हलिउड फिल्ममा पनि काम गरिन् । उनलाई पनि स्तन क्यान्सर भएको थियो । उपचार गरेर अहिले उनी पनि नयाँ जीवन बाचीरहेकी छिन् ।
अनुराग बासु, डाइरेक्टर
‘मर्डर’ नामक चलचित्र बनाएपछि अनुराग पिता बन्न लागेका थिए । तर त्यही बेला उनलाई ल्युकेमिया भएको थाहा भयो । डाक्टरहरुले पनि यसमा बाँच्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ । एक समय उनको स्वास्थ यति खराब भएको थियो कि उनलाई भेन्टिलेटरमा समेत राख्न परेको थियो । अहिले डाक्टरहरुको मद्दतले उनले बिरामीलाई हराउन सकेर खुसी साथ जीवन बाँची रहेका छन् ।
मुमताज, नायिका
‘सोने कि चिडियाँ’ बाट बालकलाकारका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी मुमताजले राजेश खन्नासँग कयौं हिट चलचित्र दिएकी छिन् । तर, ५४ वर्षको उमेरमा उनलाई स्तन क्यान्सर लागेको थाहा भयो । केमोथेरापीको जटिल उपचार प्रक्रियाबाट डटेर गुज्रेर अहिले रोग मुक्त भएकी छिन् ।





0 comments:
Speak up your mind
Tell us what you're thinking... !