Headlines News :
Home » » क्लास सकेपछि कसम हामफाल्छु भनेर साथीलाई सुनाएको ५ मिनेटमै ७ तलाबाट हाम्फालेर आत्माहत्या

क्लास सकेपछि कसम हामफाल्छु भनेर साथीलाई सुनाएको ५ मिनेटमै ७ तलाबाट हाम्फालेर आत्माहत्या

Written By Pikford Junior on Tuesday, March 11, 2014 | 7:17 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
काठमाडौं। 'म यो क्लास सकेपछि हामफाल्छु यहाँबाट कसम।’ एमबिबिएसको तयारी कक्षामा बेन्चमा सँगै रहेकी साथी समीक्षा निरौलालाई निरभराज शर्माले यस्तो चिट दिए । सधैँ रमाइलो गर्ने स्वभाव भएका शर्माको त्यो चिटलाई निरौलाले ठट्टाकै रूपमा लिइन् । तर, अन्य दिनजस्तो शर्माले ठट्टा गरेनन्, त्यही चिट सुसाइड नोट बन्न पुग्यो । क्लास सकिएलगत्तै उनले सात तलामाथिबाट हामफाली आत्महत्या गरेका छन्। डाक्टर बन्ने सपनासहित पुतलीसडकस्थित नेम इन्स्टिच्युटमा एमबिबिएसको तयारी कक्षा लिइरहेका १८ वर्षीय शर्माले बिहीबार यसरी आत्महत्या गरेका हुन् । प्राय: रमाइलो गफ गर्ने शर्माले बिहीबार पनि जोक गरेको भन्दै साथीहरूले गम्भीर रूपमा लिएनन् । तर, कक्षा सकिएलगत्तै झ्यालबाट बरन्डामा झरी सात तलामाथिबाट हामफाली सबैलाई स्तब्ध बनाए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । पढाइमा तीक्ष्ण रहेका शर्माले के कारणले त्यसरी हामफालेर आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनी नेम इन्स्टिच्युटको सात तलामाथिबाट क्रियटिभ ड्राइभिङ स्कुलको ट्रायल सिकाउने ग्राउन्डमा हामफालेका थिए । प्रेम सम्बन्धका कारण शर्माले आत्महत्या गरेको आशंका गरिए पनि कारण खुल्न नसकेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी होविन्द्र बोगटीले बताए । मृतक शर्माका साथीहरूका अनुसार कक्षा चलिरहेकै वेला आफूलाई गर्मी भएको भन्दै उनले झ्याल खोल्न आग्रह गरेका थिए । त्यसपछि उनले ज्याकेट र सर्टको समेत टाँक खोलेका थिए । कक्षा सकिएलगत्तै झ्यालबाट बरन्डामा हामफालेर त्यहाँ रहेको रेलिङमा चढेर शर्मा करिब ११ बजे हामफालेका हुन् । साथीहरूका अनुसार उनले अरूलाई रोक्न समेत नभ्याउने गरी बरन्डामा पुगेर हामफालेका थिए । शर्मा उपसचिव भरतराज शर्माका छोरा हुन् । स्याङ्जाको सेतीदोभान स्थायी घर भएका उनीहरू बल्खुमा बस्दै आएका थिए । उनको मृत्युबाट शर्माको परिवार विक्षिप्त बनेको छ । तयारी कक्षाको क्रममा पनि इन्स्टिच्युटले लिने परीक्षामा उनी सधैँ प्रथम हुने गरेका थिए । हालै मात्र उनले पुरस्कारसमेत जितेका थिए । शर्माकी साथी निरौलाले प्रहरीलाई बताएअनुसार उनले आफ्नी एक गर्लफ्रेन्ड रहेको बताएका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf