Headlines News :
Home » » संसारकै सबैभन्दा गरिब सरकार प्रमुख सुशील कोइराला !

संसारकै सबैभन्दा गरिब सरकार प्रमुख सुशील कोइराला !

Written By Pikford Junior on Friday, April 4, 2014 | 4:09 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
poor governar susilkoirala
(एजेन्सी)२१ चैत-काठमाडौं,: उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको बारेमा लेख्दा उनको मितव्ययीता तथा सरल जीवनशैली संग परिचित कम हुन्छन् । कुनै कुनै समय उनले जुत्ता नलगाएको प्रसङ्ग पनि आईरहेको छ ।

सरकारी बैठकहरुमा जोसे सामान्य लुगा लगाएर उपस्थित भएको तस्वीरले उरुग्वेको आर्थिक असमानतालाई झल्काउँथ्यो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले केही वर्ष अगाडि उरुग्वेका ती राष्ट्रपति मुजिकालाई संसारकै सबैभन्दा गरिब नेताको उपमा पनि दिएको थियो ।

तर, अब जोसेको यो उपमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले खोस्ने सम्भावना देखिएको छ ।

दी वासिङटन पोष्टमा प्रकाशित समाचारमा अब जोसेले संसारको सबैभन्दा गरिब नेताको श्रेय कायमै राख्न नेपालका प्रधानमन्त्री सुशील कोइरालको चुनौती सामना गर्नु पर्ने उल्लेख छ ।

समाचारमा लेखिएको छ– ‘पछिल्ला रिपोर्टहरुका अनुसार अब कोइरालाले उनको सिंहासन लिनेछन् ।’ यसअघि हिजो मात्र बीबीसीले कोइराला विश्वकै गरिब नेता मध्येमा रहेको रिपोर्ट प्रकाशित गरेको थियो ।
 प्रधानमन्त्री कोइरालाले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणमा सम्पत्तिका नाममा तीन थान मोबाइल फोनमात्र रहेको विषयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भनिएको छ ‘त्यसमध्ये दुईवटाले कामै गर्दैनन् ।’
 
सन् २०१० मा उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको सम्पत्ति १९०० डलर थियो । तर, कोइरालासँग सम्पत्तिका नाममा न जमीन छ, न रुपैयाँ पैसा, न बिलासिताका बस्तु । भाडाको घरमा बस्ने उनी प्रधानमन्त्री भएपछि सरकारी निवासमा बस्न थालेका छन् ।

कोइरालाले विमस्टेक बैठकमा बर्मा जाँदा भत्ता स्वरुप आएको ६५० डलरसमेत लिएका थिएनन् ।

उरुग्वेका जोसे लेफ्ट विङ गुरिल्ला समूहका पूर्व सदस्य हुन् भने नेपालका कोइराला पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गरेको व्यक्ति हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf