Headlines News :

Latest Post

Showing posts with label health crime. Show all posts
Showing posts with label health crime. Show all posts

छात्राले जन्माइन् कलेजको शौचालयमा बच्चा !

Written By Pikford Junior on Sunday, April 6, 2014 | 2:15 AM

http://meroknowledge.blogspot.com/
एजेन्सी- बेइजिङ,  चीनको युआन प्रान्तअवस्थित एग्रीकल्चर भोकेसनल कलेजमा एक छात्राले शौचालयमा बच्चालाई जन्म दिएर फेरि आफ्नो कक्षामा फर्केकी छिन् । यसबारेमा उनले कक्षामा कसैलाई पनि जानकारी समेत दिइनन् ।
उनी कक्षामा यसरी पुगिन् कि उनलाई केही पनि भएको छैन । स्रोतका अनुसार यो घटना बिहानको लगभग ६ बजे घटेको थियो । यो घटना त्यतिबेला सार्वजनिक भयो जब अन्य छात्राले शौचालयमा बच्चा रोएको आवज सुने । उनीहरुले तुरुन्तै कलेजका अधिकारीहरुलाई उक्त घटनाको जानकारी दिए र बच्चालाई नजिकैको अस्पतालमा लगियो । बच्चाको आमाको नाम भने सार्वजनिक गरिएको छैन 
तर अहिले बच्चा सुरक्षित छ !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चनियाँ कृषक, जसले उपचार खर्च नपाएर घरेलु हतियारले खुट्टा काटे

Written By Pikford Junior on Saturday, January 4, 2014 | 12:44 AM

http://meroknowledge.blogspot.com/
बिश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित चीन । जहाँका सम्बृद्धिका खवरले बिश्वभरका संचारमाध्यम ढाकिएका हुन्छन आजकल । तर, त्यही चीनभित्र यस्ता किसान पनि छन, जसले उपचार खर्च नपाएपछि आफैंले घरेलु हतियार प्रयोग गरि आफ्नो खुट्टा काट्न बाध्य भएका छन् ।

उत्तरी चीनको हेवेइ प्रान्तका जेङ येनलियाङको खुट्टामा गत वर्ष संक्रमण भएको थियो, जसका कारण रगत प्रवाह हुन सकेको थिएन । यो समस्या बढ्दै गएपछि उनको गोडाको केही भाग सड्न थालेको थियो ।

४७ वर्षका जेङ उपचारका लागि डाक्टरकहाँ पुगे । तर, चिकित्सकले अपरेशन गर्नुपर्छ र खुट्टा समेत गुम्न सक्छ भने । जेङ भन्छन-’मैले कति पैसा लाग्छ भनेर सोधेँ । उनले अपरेशनका लागि ३ लाख युआन लाग्ने बताए । दुबै खुट्टाको अपरेशन गर्न १० लाख युआन चाहिने रहेछ । मसँग २० हजार यूआन मात्र थियो ।’

चिनियाँ सरकारको ग्रामिण स्वास्थ्य बीमा योजनाबाट पनि उनको उपचार खर्च पूरा हुनसक्थ्यो । तर, यो उपचारपछि मात्र पाइन्छ । अपरेशनका लागि पैसा नभएपछि उनीसँगै कुनै विकल्प थिएन र दुःखाई बढ्दो थियो । उनी भन्छन्-’तीन महिनासम्म ओछ्यान परेँ । मेरो गोडा कालो हुँदै गयो । मासुमा किरा पर्न थाल्यो भने दायाँ गोडामा हड्डी नै बाहिर देखिन थाल्यो । ‘

खुट्टा काट्ने फैसला स्मरण गर्दै उनले भनेका छन्- विस्तारामुनी मैले अचानो र सानो चक्कु भेटेँ, त्यसैको सहयोगले आफ्नै खुट्टा काटेँ ।’ यो सब गर्दा उनको पसिना छुटेको थियो । झण्डै २० मिनेट लाएर खुट्टा काटेका उनी बेहोश भने भएनन् ।

उनले २०१२ अपि्रलमा खुट्टा काटेका थिए, तर हालै मात्र चिनियाँ सञ्चार माध्यमहरुमा यो खबर आएको छ । त्यसपछि उनलाई ३ लाख युआन सहयोग समेत जुटेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मान्छेको दिमाग चोरेर अनलाइनबाट बिक्रि !

http://meroknowledge.blogspot.com/
घटना कुनै हरर हलिउड फिल्मको कहानी भन्दा कम छैन । तर, बास्तविक हो । पैसाका लागि एक व्यक्तिले मेन्टल प्यासेन्टको ब्रेन चोरेर इबे वेबसाइटमार्फत बेचेका छन् ।

इन्डियानापोलिसमा बस्ने २१ वर्षीय डेविड चाल्र्समाथि इन्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट ह्युमन ब्रेन राखिएको बट्टा र अन्य मानव अंग चोरीको आरोप लागेको छ ।

डेविडले म्युजियमबाट धेरै पटक चोरी गरेको र लिलामी वेबसाइट इबेमार्फत बेचेको बताइएको छ । १९४८ देखि १९९४ सम्म यो सेन्ट्रल स्टेट हस्पिटल थियो, जहाँ मनोविकारी एवं मानसिक रुपमा अस्वस्थ मानिसहरुको उपचार हुन्थ्यो, जसलाई अहिले म्युजियममा परिर्वतन गरिएको छ ।

एक व्यक्तिले इबेमार्फत ६०० डलरमा ह्युमन बेनको ६ बटा बट्टा किनेका थिए । ती बट्टामा म्युजियमको स्टिकर भेटिएपछि चोरीको रहस्य खुलेको हो । प्रहरीले इबेको डिटेलका आधारमा डेविड पत्ता लगाएपछि ग्राहकको नाटक गरेर पक्राउ गरिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Search This Blog

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf