
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
विक्रमसंवत् २०७० साल श्रावण २३ गते बुधबार,
ईश्वीसन् २०१३ अगस्ट ०७, नेपाल संवत् ११३३,
आज गुँलाधर्म प्रारम्भ,
श्रावण शुक्लपक्ष (गुँलाथ्व), प्रतिपदा तिथि, भोलि बिहान ३ बजेर ३८ मिनेटसम्म, त्यसपछि द्वितीया तिथि,
चन्द्रमा कर्कट राशीमा, बेलुका १० बजेर ०२ मिनेटसम्म, त्यसपछि सिंह राशीमा,
अश्लेषा नक्षत्र बेलुका १० बजेर ०२ मिनेटसम्म, त्यसपछि मघा नक्षत्र,
व्यतिपात योग दिउँसो २ बजेर ४९ मिनेटसम्म, त्यसपछि वरीयान् योग,
किंस्तुघ्न करण दिउँसो ३ बजेर ०२ मिनेटसम्म त्यसपछि बब करण,
राहुकाल दिउँसो १२ बजेर ०१ मिनेटदेखि १ बजेर ४० मिनेटसम्म,
काल बारबेला बिहान ८ बजेर ४२ मिनेटदेखि १० बजेर २१ मिनेटसम्म,
रोग बारबेला दिउँसो १२ बजेर ०१ मिनेटदेखि १ बजेर ४० मिनेटसम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रै छ । साथीभाइ जम्मा भई मनोरञ्जनमा दिन बित्ने छ । लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन हुने समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट मुक्त रहनु होला । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । शुभ कुराको संकेत मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । समय राम्रो छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । उपहार प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् । अनावश्यक खर्चको योग छ तर व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ पूर्व वा दक्षिण दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खराब समय छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै बेस होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो छैन । भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम दिनको पूर्वार्द्धभित्रै सक्नु होला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !