
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
सन् २०१० मा प्रदर्शनमा आएको ‘टोए स्टोरी ३’ ले १.०६३ बिलियन डलर कमाएको थियो । सन् २००६ मा प्रदर्शनमा आएको चलचित्र ‘पाइरेट्स अफ द क्यारिबियन, डेड म्यान चेष्ट’ले १.०६६ बिलियन डलर कमाएको थियो । यस्तै सन् २०१२ मा प्रदर्शनमा आएको ‘द डार्क नाइट राइजेस’ले १.०८१ बिलियन डलर कमाएको थियो ।सन् २०१२ को अक्टोबरमा प्रदर्शनमा आएको ‘द स्काइफल’ले १.१०८ बिलियन डलर आम्दानी गरेको थियो । ‘द लर्ड अफ द रिङ, द रिर्टन अफ द किङ’ सन् २००३ मा प्रदर्शनमा आएको थियो । यो सिनेमाले १.११९ बिलियन डलर कमाएको थियो ।
सन् २०११ मा प्रदर्शनमा आएको ‘ट्रान्सर्फमर’ले १.१२३ बिलियन डलर कमाएको थियो । यो सिनेमा सर्वाधिक आम्दानी गर्ने चलचित्रको सूचिको पाचौ स्थानमा पर्दछ । सन् २०११ मा प्रदर्शनमा आएको ‘ह्यारी पोटर एन्ड द डेथ्ली ह्यालोज पार्ट २’ ले १.३२८ बिलियन डलर कमाएको थियो । यो चलचित्रले दर्शकको उल्लेखनिय साथ पाएको थियो । सन् २०१२ को अपि्रल महिनामा प्रदर्शनमा आएको ‘द एभेन्जर्स’ले १.५११ बिलियन डलर कमाएको थियो । विश्वव्यापी प्रदर्शनमा आएको चलचित्र ‘टाइटानिक’ सन् १९९७ को डिसेम्बर महिनामा प्रदर्शनमा आएको थियो । यो सिनेमाले २.१ बिलियन डलर आम्दानी गरेको थियो । चलचित्रले विश्वाव्यापी चर्चा समेत पाएको थियो ।हलिउडमा आजसम्मकै सर्वाधिक आम्दानी गर्ने सिनेमाको सूचिमा ‘अवतार’ पर्दछ । यो सिनेमा सन् २००९ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो । जसले २.७ बिलियन डलर आम्दानी गरेको थियो । यो सिनेमाको रेडर्क आजसम्म अन्य सिनेमाले तोड्न सकेका छैनन् । बलिउडमा २ सय करोडको कमाइले तहल्का मच्चाइरहदा विश्वकै सबैभन्दा ठूलो फिल्म नगरी हलिउड भने करिब १६ हजार करोडको छेउछाउमा पुगिसकेको छ ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
0 comments:
Speak up your mind
Tell us what you're thinking... !