
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
त्यसपछि प्रधानमन्त्री झन् रन्कीए । उनले भने, ‘तँ मलाई सिकाउने को ? एमालेलाई गृह दिनुपर्छ भन्ने ? तँलाई राजनीति के थाहा छ ? प्रधानमन्त्री पध्दती, पार्लीयामेन्ट्री सिस्टमका बारेमा तैले के जान्याछस् ? दिन्न एमालेलाई गृह, जा भन्दे तँलाई उकास्नेहरुलाई ।’
एकाएक सुशीलको यस्तो रौद्र रुप देखेर सुजाता अक्क न बक्क रहिन् । उनले ‘मैले त हजूरकै प्रतिष्ठा नगुमोस्, यतिका दिनदेखी सरकार बन्याछैन । एमालेलाई गृह नदिएर कसरी चल्छ ? पो भनेकी हुँ’ भनिन् । सुशीलको पारो थामीएको थिएन । उनले भने, ‘अबदेखी तँ मकहाँ यस्ता कुरा गर्न नआइज । अरुले के के भनेर उचाल्छन्, अनी मकहाँ गनगन गर्न आउने ? अब तेरो केही कुरा सुन्दिन । शेरबहादुर र पौडेलकहाँ गएर तैले के के भनिस् ? सबै रिपोर्ट मकहाँ आएको छ ।’
सुजाताको पनि रक्तचाप बढ्यो । मुख रातो भयो । उनले पनि कडै जवाफ दिईन, ‘हजुरले आफनो अनुहार पनि ऐनामा हेर्नुप¥यो । गिरिजावाबुलाई डयामेज गर्ने नै तपाई हो भनेर भन्छन् । पार्टी फुटाउनुमा तपाईकै रोल छ भनेर भन्छन् । बाहिर तपाईको इमेज राम्रो थिएन, अहिले झन् तपाईका कारण काँग्रेसले दश दिनसम्म पनि सरकार बनाउन सकेन भन्ने म्यासेज गइराख्याछ । तपाईले आफु मात्रै पार्टी ठान्नुहुन्छ । पार्टीको इमेज ड्यामेज भइराख्याछ ।’
सुसीलले सुजातालाई ‘गेट आउट फरम हेयर’ भन्दै थपे, ‘धेरै नकरा, तँ गइहाल ।’ त्यसपछि ‘हेरौला म पनि’ भन्दै सुजाता बर्बराउँदै खुट्टा भुईमा बजार्दै रातो निलो हुँदै रफुचक्कर भएको बुझिएको छ ।
सुत्रका अनुसार संसदीय दलको चुनावमा सुजाताले नै आफुलाई भोट नहालेको खुलेपछि प्रधानमन्त्री उनीसँग क्रुध्द छन् । केही समय पहिले उनले पार्टी अब बुढा पुरानाको हातबाट युवा पुस्तामा आउनुपर्ने भनेर मन्तव्य दिएका कारण पनि सुशील रिसाएको बताइन्छ । यसरी ‘तँ तँ म म’ कै रुपमा भने कोइराला परिवारभित्र झगडा भएको यो पहिलो पटक भएको सुत्र बताउँछ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !