Headlines News :

Latest Post

PM Koirala to attend Modi’s swearing-in

Written By Pikford Junior on Sunday, June 22, 2014 | 6:58 PM

PM Koirala to attend Modi’s swearing-in
MAY 22 – KATHMANDU,  Prime Minister Sushil Koirala is all set to attend the swearing-in ceremony of India’s Prime Minister-elect Narendra Modi to be held on May 26 in New Delhi. He will leave for the Indian capital on May 26 itself.
http://quick-answer.blogspot.com
A Cabinet meeting held this afternoon gave a green signal to PM Koirala to attend the swearing-in ceremony of  BJP (Bharatiya Janata Party) leader Narendra Modi following a formal invitation by India’s Ministry of External Affairs on May 21. Other heads of the state and heads of the government of Saarc member countries have also been invited to the event.

However, the Cabinet has not disclosed the size of the PM’s delegation including other details.

Besides PM Koirala, Maldivian President Abdulla Yameen, Bhutanese Prime Minister Tshering Tobgay, Sri Lankan President Mahinda Rajapaksa and Afghanistan’s President Hamid Karzai are likely to attend the ceremony, it is learnt.

Pakistani Prime Minister Nawaz Sharif has not confirmed his participation while Bangladeshi Prime Minister Sheikh Hasina Wajed will not be attending the event as she is will be flying Japan on May 26 to start a formal state-visit to the nation.

This is the first time India has invited the leaders from all SAARC member states for the swearing-in ceremony of its prime minister.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

२७ श्रीमतीका श्रीमानको अझै बिहे गर्ने धोको !

http://quick-answer.blogspot.com
१ असार, सङ्खुवासभा । एउटा मान्छेले कतिवटासम्म श्रीमती ल्याउन सक्ला एउटा, दुईवटा, तीनवटा तपाईंको उत्तर यस्तै हुन सक्

बहुविवाहको कानुनी व्यवस्थालाई चनौती दिंदै रामचन्द्र कटुवाललाई २७ वटा श्रीमती ल्याएर पनि अझै बिहे गर्ने धोको मरेको छैन । जिल्ला सदरमुकाम खाँदबारीस्थित ढोलबाजेका रामचन्द्रले ५० वर्षको उमेरसम्म आइपुग्दा २७ वटा श्रीमती विवाह गरेका हुन् ।

सदरमुकाम र तुम्लिङटार बजारमा भारी बोकी जीवन गुजारा गर्ने कटुवालले ठट्टा गर्दै भने,’जवानी हुँदासम्म २७ वटा श्रीमती ल्याएँ, कमाएँ, खुवाएँ तर अहिले सबैले छोडेर गए । कतिलाई त चिन्दा पनि चिन्दिन, अब त बिहे गरौँ भने पनि कसले पत्याउँछ र ?’

कुनै बेला २७ वटा श्रीमती विवाह गरेर ख्याति कमाएका उनी अहिले एउटी श्रीमतीका साथमा रहँदै आएका छन् । उनी सदरमुकाम खाँदबारी बजारमा सबैका रमाइला पात्रका रुपमा रहेका छन् ।
ला तर तपाइ पत्याउनुस या नपत्याउनुस् सङ्खुवासभाका एक व्यक्तिले २७ वटा श्रीमती घरमै भित्र्याएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपाली राजदरबार हत्या काण्डको documentary बनाएर बिश्वमा तहल्का..

http://quick-answer.blogspot.com
 नेपाली राजदरबार हत्या काण्डको documentary बनाएर बिश्वमा तहल्का..

documentary
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पाचसय छात्रहरु होस्टल बाट आउट, केटी काण्डले लियो उग्र रुप

http://quick-answer.blogspot.com
पोखराको लामाचौरमा रहेको ईन्जीनियरीङ्ग कलेजमा केही दिन अगाडी भएको केटी जिस्काएको घटनाले साम्य हुनुको सट्टा झन उग्ररुप लिन थालेको छ । घटनाले राजनितिक रुप लिएपछि जिल्ला प्रसासन कार्यलय कास्कीमा भएको सबै राजनितिक दल संबद्ध बिद्यार्थि संगठनको छलफलले केटाहरुको होस्टल खाली गर्ने सहमति भएपछि प्रसासनले सबै बिद्यार्थिहरुलाई बाहिर निकालेको छ ।

उक्त घटना पछि बन्द रहेको क्याम्पस खुलाउने प्रयाग गरेपनि बिद्यार्थीहरु बिचको थप झडपको अबस्था देखिएपछि क्याम्पस पनि अनिश्चित कालाका लागि बन्द गरिएको छ ।

होस्टलमा बसेकी केटी बिद्यार्थिलाई सोही क्याम्पसमा अध्ययनरत केटा बिद्यार्थिले जिस्काएको भन्दै क्याम्पस प्रसासनमा निबेदन दिँदा दोषी पाईए पछि क्याम्पसले १६ जना बिद्यार्थीलाई कार्वाही गरेको थियो । कार्वाहीमा नेबिसंघका बिद्यार्थिहरु परेको भन्दै नेबिसंघले आन्लोलन गरेको थियो । आन्लोलनका कारण बिद्यार्थिहरु बिच झडप समेत भएको थियो ।

आन्दोलनरत बिद्यार्थिहरुले क्याम्पसमा दुई लाख बराबरको क्षेति पुु¥याएको क्याक्पस प्रमुख नारायण गौतमले बताए । क्याम्पस बन्द गराएपछि केही साम्य हुन्छकी भनेर प्रसासनले क्याम्पस बन्द गराएपनि बिद्यार्र्थिहरुमा बिबाद नरोकीए पछि अनिश्चित कालका लागि बन्द गरिएको प्रमुख गौतमले बताए ।

बाहिर भने जस्तो केटीलाई नराम्रो हिसाबले नजिस्काए पनि क्याम्पस प्रसासनले एकलौटी ढंगले आफ्ना साथीहरुलाई मात्र कार्वाहीको सिफारिस गरेकोले आन्दोलन गरेको नेबिसंघका क्याम्पस ईकाईका सचिब राजिब रिमालले बताए । कार्वाहीमा पर्नेहरुमा ईकाई सह– सचिब लगायतका रहेका छन ।

एक महिना पछि जाँच आउन लागेको बेलामा होस्टेलबाट बाहिरीन परेपछि बिद्यार्थीहरुलाई समस्या परेको छ । देशका बिभिन्न स्थानबाट पढ्न आउने बिद्यार्थीहरु मर्कामा परेका छन
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

फेरिँदैछ काठमाडौंको रुप

Written By Pikford Junior on Saturday, June 21, 2014 | 1:42 AM

काठमाडौं– पानी परे हिलो, घाम लागे धुलो!
काठमाडौं महानगरका सडकको हालत नै यस्तो! जता हेर्‍यो धुलो–धुवाँ। खाल्डाखुल्डी। घन्टौं लामो ट्राफिक जाम। न पैदलयात्रीलाई हिँड्न सजिलो बाटो, न निष्फिक्री गाडी कुदाउने मेसो। न बिहान स्वच्छ हावा खाँदै 'मर्निङ वाक' गर्ने ठाउँ, न साँझ टहल्ने, केटाकेटीसँग रमाउन खुला पार्क नै भेटिन्छ।

यो अस्तव्यस्त सहरकै देन हो, बिहान घरबाट उत्साहित हुँदै हिँडेको मान्छे अफिस पुग्दासम्म थकित भइसक्छ, काम गर्ने जाँगर मरिसक्छ।
तर, अब काठमाडौं फेरिँदैछ।
त्यो दिन टाढा छैन, जब काठमाडौंका सडक मात्र होइन, फुटपाथ, पार्क, नदीनालासमेत फेरिएर सुन्दर र आकर्षक देखिनेछन्। पैदलयात्रीलाई हिँड्ने ठाउँ हुनेछ, गाडी कुदाउनलाई चौडा सडक। केटाकेटी घुमाउन पार्क, मर्निङ वाक गर्ने ठाउँ।
अस्तव्यस्तताले बिग्रिएको र 'धुलोमाडौं' को परिचय पाएको काठमाडौंमा परिवर्तनका प्रारम्भिक संकेत देखिन थालिसके। कतिपय ठाउँमा परिवर्तनका खाका बनिसके।

कस्तो हुँदैछ त काठमाडौं?

उपत्यकामा विस्तार भइरहेका सडकले काठमाडौंको फेरिँदो रूपको छनक दिन्छ। महाराजगन्ज–लैनचौर, तीनकुने–माइतीघर, भक्तपुर–कोटेश्वर लगायत सडक विस्तार भएका छन्। खाल्डाखुल्डीका समस्या क्रमशः हट्दै गएका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी सुन्दरता कायम राख्न फराकिला र चिल्ला सडक मात्र होइन, उपत्यकाका भित्री सडकमा एरियापिच्छे बेग्लाबेग्लै रंगरोगनको योजनासमेत अघि बढाएको छ।
प्राधिकरणका प्रमुख विकास आयुक्त योगेश्वर पराजुलीका अनुसार फराकिला सडकका छेउछाउमा हरियाली कायम गर्नुका साथै रंगरोगन सुरु भइसकेको छ। 'ठूला मात्र होइन, भित्री सडक पनि रंगाउने तयारीमा छौं,' सहरी विकासको खाका देखाउँदै उनले नागरिकसँग भने, 'सडकसँग जोडिएका भित्तामा पनि रंग लगाइनेछ।'

यसरी सडक छेउछाउ रंगरोगन गर्दा जथाभावी रंग लगाउन पाइँदैन। सहरी सुन्दरता कायम राख्न तोकिएको ठाउँमा तोकिएको रंग मात्र लगाउने व्यवस्था गरिएको छ। यतिमात्र होइन, सडक किनारका घरहरूमा पनि एकै किसिमको रंग लगाउने प्रावधान ल्याइँदैछ। यो आगामी आर्थिक वर्षबाटै सुरु हुने पराजुलीले जनाए।
'ठाउँठाउँमा हरियाली र वृक्षरोपण तथा सोलार बत्ती निर्माण पनि अघि बढाइँदैछ,' उनले भने, 'जथाभावी लत्रेका तार, अव्यवस्थित पोल, पोस्टरले राजधानीलाई कुरुप बनाएको छ, तर अब ती केही रहनेछैनन्। दसैंसम्ममा राजधानीका सडक–गल्लीमा लत्रेका तार हटाउनेछौं। बिजुलीका पोलमा टाँसिएका पोस्टर सफा गर्नेछौं। मठमन्दिर तथा धार्मिक क्षेत्रलाई टल्काउनेछौं।'
योजनाअनुसार प्राधिकरणले आगामी आर्थिक वर्षमै उपत्यकाका ६ वटा मुख्य सडकलाई सुन्दर सडकको नमुना बनाउनेछ। जापान सरकारको सहयोगमा देशमै सबैभन्दा फराकिलो र सुन्दर सडकको नमुना बनेको कोटेश्वर–सूर्यविनायक खण्डभन्दा आकर्षक र फराकिलो सडक बनाउन प्राधिकरणले कार्यक्रम बनाइसकेको छ।
पराजुलीका अनुसार पहिलो चरणमा तीनकुने–माइतीघर, डिल्लीबजार चारखाल–महाराजगन्ज, लैनचौर–शीतल निवास, सातदोबाटो–धापाखेल, कमलपोखरी–गौशाला र नक्साल खण्डको सडकलाई नयाँ स्वरुप दिइँदैछ। अबको एक वर्षमा यी छवटै सडक खण्डको निर्माण पूरा हुने उनले जनाए। 'सडक निर्माणसँगै रंगरोगन, हरियाली, सौर्य सडक बत्ती र ट्राफिक लाइट जडानजस्ता निर्माण कार्य पनि गरिनेछ,' उनले भने।
प्राधिकरण प्रवक्ता केशव न्यौपानेले यी छवटै सडक खण्डमा गरिने रंगरोगन, हरियाली र सडकसँग जोडिएका निजी तथा सरकारी घरका भित्तामा लगाइने रंगको डिजाइन तयार भइसकेको जानकारी दिए। उनका अनुसार सडकमा वृक्षरोपण गर्न नमिले सडकसँग जोडिएका घरले आफ्नो भित्तामा हरियाली फैलिने खालका बिरुवा लगाउनुपर्नेछ।
'सहर सुन्दर बनाउन सडक मात्र फराकिलो पारेर पुग्दैन, वातावरणमैत्री पनि हुनुपर्छ,' न्यौपानेले भने, 'त्यसैले, सम्भव भएका क्षेत्रमा वृक्षरोपण र नभएका ठाउँमा भित्तामा हरियो रंग लगाउने वा हरियोपरियो देखिने गरी लहरे बिरुवा लगाउने व्यवस्था गरिँदैछ।' फुटपाथलाई पैदलयात्रुमैत्री मात्र होइन, अपांगमैत्री बनाउने कार्यक्रमसमेत तयार भइसकेको उनले बताए। जोरपाटीको फुटपाथलाई अपांगमैत्री बनाउने कार्य सुरु भइसकेको छ।
उपत्यकाका यी भौतिक पूर्वाधार निर्माणमा प्राधिकरणसहित काठमाडौं उपत्यका सडक विस्तार आयोजना, उपत्यकाका तीनवटै जिल्लाका डिभिजन सडक कार्यालय, महानगरपालिका, उपमहानगरपालिकाहरू, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत निकाय आ–आफ्ना क्षेत्रबाट लागिरहेका छन्।
सरकारले काठमाडौं उपत्यकालाई सुन्दर बनाउन साढे दुई वर्षअघिदेखि सडक विस्तारको काम अघि बढाएको हो। हालसम्म उपत्यकाभित्र १ सय ८५ किलोमिटर सडक विस्तार भइसकेको छ। यसबीच सरकारले ९० किलोमिटर सडक कालोपत्रे गरेको छ। अबको दुई वर्षमा उपत्यकाका सानाठूला गरी कुल ५ सय किलोमिटर सडक विस्तार गरिनेछ। विस्तारित सडक निर्माणपछि उपत्यकाका धेरै ठाउँमा ८ र ६ लेनका सडक हुनेछन्। भित्री सडक पनि धेरै मात्रामा ४ लेनका हुनेछन्।

तीन वर्षभित्र सोलारले झिलिमिली

तीन वर्षभित्र उपत्यकाका सबै सडकमा सोलार बत्ती जडान गरी रातको समयमा पनि झिलिमिली पार्ने योजना छ। यसैअनुरुप सिंहदरबार, दरबारमार्ग र थापाथलीमा काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी सोलार बत्ती जडान गरिसकेको छ। सडकका दुवैतर्फ सोलार बत्ती राख्ने मात्र होइन, सहरलाई कुरुप बनाउने होर्डिङ बोर्डसमेत हटाइनेछ। लत्रिएका तार हटाएर भूमिगत तार बिछ्याउने योजना रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विस्तारित सडकमा सवारी व्यवस्थापनका लागि साना सार्वजनिक सवारी हटाउने योजनासमेत तयार पारेको छ। त्यसको सट्टा ठूल्ठुला बस सञ्चालन गरिनेछन्। प्राधिकरणले यो कार्यक्रम २० वर्षे योजनाअन्तर्गत समावेश गरेको छ। पराजुलीका अनुसार उपत्यकालाई व्यवस्थित गर्न प्राधिकरणले २० वर्षे दीर्घकालीन योजना तयार पारेको छ। 'तत्काललाई साना सवारी हटाउन नसके पनि बिस्तारै हटाएर मास ट्रान्सपोर्टमा जाने योजनामा छौं,' उनले भने, 'यस्ता सवारी तोकिएको, निश्चित समयमा आउजाउ हुनेछ।'
काठमाडौंलाई सुन्दर सहर बनाउन ल्याइएको उक्त दीर्घकालीन योजनामा सडक विस्तारसँगै पोखरी संरक्षण, पार्क निर्माण, धार्मिक क्षेत्र संरक्षण, हरियाली व्यवस्थापन, सरसफाइ, फोहोर व्यवस्थापन, नदी सफाइलगायत कार्यक्रम छन्। प्रत्येक कार्यक्रमका लागि समयसीमा किटान गरिएको छ।

घर बनाउन आठ फिट बाटो अनिवार्य

प्राधिकरणले उपत्यकाको अव्यवस्थित घर निर्माणलाई व्यवस्थित बनाउने योजनासमेत ल्याएको छ। सन् २०१६ देखि २०३५ सम्मका लागि तयार पारिएको उक्त योजनाअनुसार अबदेखि काठमाडौं उपत्यकामा घर बनाउन आठ फिट बाटो अनिवार्य गरिएको छ। त्यति बाटो नपुगेको जग्गामा घर बनाउन पाइनेछैन।
काठमाडौंमा कहाँ–कहाँ घर बनाउने, कहाँ बजार हुने, कहाँको क्षेत्र कृषभूमि हो, कहाँ पार्क बनाउनेजस्ता सबै विषय समेटेर भूउपयोग नीति तयार पारिएको छ। 'यो योजना लागू भएपछि जग्गाधनीले आफ्नै जग्गामा पनि आफूखुसी घर बनाउन पाउनेछैन,' उनले भने, 'त्यो क्षेत्र आवासका लागि योग्य भए–नभएको जाँच गराएर योग्य भए मात्र घर बनाउन अनुमति दिइनेछ। घर बनाउन अयोग्य ठाउँमा जग्गाधनीले जबर्जस्ती घर बनाउन कानुनले रोक लगाउनेछ।'

भित्री सहरमा सवारी निषेध

फैलिँदो सहरको सबभन्दा ठूलो समस्या पैदलयात्रुलाई हिँड्ने बाटोको अभाव हो। न पर्याप्त फुटपाथ छन्, न साइकल लेन। भित्री सहरका साँघुरा गल्लीमा एक इन्च ठाउँ नराखी गाडी र मोटरसाइकल कुदिरहेका हुन्छन्। त्यो पनि कान खाने गरी ट्याँट्याँ हर्न बजाउँदै।
प्राधिकरणले यही समस्या सुल्झाउन असन, हनुमानढोका, ठमेल लगायत भित्री सहरी क्षेत्रलाई सवारी निषेधित बनाउने भएको छ। पहिलो चरणमा ठमेलका व्यस्त स्थान र वसन्तपुर दरबार क्षेत्रका करिब ८ किलोमिटर सडकमा सवारी निषेध गर्ने प्रक्रिया सुरु भइसकेको छ। यो लागू भएपछि ती ठाउँमा पैदलयात्रुले बिनाअवरोध हिँड्न पाउनेछन्। यसका लागि महानगरले सडकमा ढुंगा बिछ्याउन थालिसकेको छ।
दोस्रो चरणमा विष्णुमती नदीमाथि र रत्नपार्क–टुँडिखेल सडकबाट भित्र रहेका पुराना सबै सहरी क्षेत्रलाई सवारीमुक्त घोषणा गरिनेछ। उपत्यकामा रहेका अन्य धार्मिक तथा साँस्कृतिक सम्पदा स्थलमा पनि गाडी लैजान रोक लगाउने योजना अघि सारिएको छ।

देशकै फराकिलो नमूना सडक

सरकारी योजनाअनुसार काम भए अबको पाँच महिनाभित्र माइतीघर–तीनकुने सडक देशकै नमूना र सबैभन्दा फराकिलो सडक हुनेछ। उक्त खण्डको सडक निर्माण लगभग सकिएको छ भने 'ग्रिन बेल्ट' (हरियो बगैंचा) निर्माण सुरु भइसकेको छ। बगैंचा निर्माणका लागि बनाइएको स्थानमा सहरी विकास मन्त्री नारायण खड्काले बुधबार वृक्षरोपण गरी ग्रिन बेल्ट निर्माणको सुरुआत गरेका छन्। दुईतर्फी चार लेन सडक र त्यसको दुवैतर्फ दुई–दुई मिटरको हरियो बगैंचा बनाउने काम प्राधिकरणले दसैंअघि नै सक्ने लक्ष्य लिएको छ।
दुई दशमलव ६ किलोमिटर लामो यो सडक देशकै सबैभन्दा चौडा हो। आठ लेनको उक्त सडक झन्डै ५० मिटर फराकिलो छ। सडकका दुवैतर्फ २.५ मिटरकै साइकल लेन बनिसकेको छ। साइकल लेनसँगै दुई–दुई मिटरका फुटपाथ बनाइएको छ। यो सडक निर्माणको काम काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको हो।

आयोजना प्रमुख श्याम खरेलका अनुसार सडकको बीचमा पर्ने चार लेन सडक तीव्र रफ्तारको हुनेछ भने बाँकी चार लेन सडकमा स्थानीय सार्वजनिक बसहरू सञ्चालन हुनेछन्। सडक निर्माणका लागि ५० करोड रुपैयाँ खर्च भएको छ।

पुल चार लेन नै

तीनकुने–माइतीघर सडक विस्तार गरी आठ लेनको नमूना सडक निर्माणको काम अन्तिम चरणमा पुगे पनि यही खण्डमा पर्ने बागमती र धोबिखोलाको पुल भने चार लेनकै हुने देखिएको छ। सरकारले समयमै योजना बनाउन नसक्दा पुल निर्माणको काम हालसम्म अघि बढेको छैन। आयोजना प्रमुख खरेलले सडक आठ लेनको बने पनि कम्तिमा दुई वर्ष दुवै स्थानको पुल चार लेनको मात्र हुने बताए।
आयोजनाले विस्तारित सडकमा ती दुई खोलामा हाल भएको पुलभन्दा माथि एक–एक र तल एक–एक गरी चार नयाँ पुल निर्माण गर्ने योजना लिएको छ। आयोजनाले पुलको डिजाइन बनाउन दुई ठेकेदारलाई गत वर्ष नै जिम्मा दिएको थियो। मे कन्सल्ट्यान्टले बिजुलीबजारको धोबिखोलामाथि बनाइने पुलको डिजाइन बनाएर दिए पनि अर्को ठेकेदार सिल्ट कन्सल्ट्यान्टले तीनकुने, मीनभवनमा बागमती नदीमाथि बन्ने पुलको डिजाइन अझै तयार पारेको छैन।
आयोजनाले दुवै खोलामा पुल बनाउन थप २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। खरेलका अनुसार धोबिखोला र बागमतीमा बन्ने दुवै पुलको लम्बाइ २७ मिटर हुनेछ। चारवटै पुल दुई–दुई लेनको हुने र पुलको चौडाइ २२.८६ मिटरको हुनेछ।

भूमिगत सडकसहित आठ लेनको चक्रपथ

अबको दुई वर्षपछि अर्थात २०७३ जेठभित्र कंलकीमा भूमिगत सडक बन्नेछ। कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ आठ लेनको हुनेछ। चीन सरकारको सहयोगमा चक्रपथको कोटेश्वर–कलंकी खण्डको १०.३९ किलोमिटर सडक विस्तार तीव्र गतिमा भइरहेको छ। निर्माण सकिएपछि राजधानीको मुख्य नाका कलंकी चोकमा चार लेनको भूमिगत सडक निर्माण गरिनेछ। त्यसका दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक बन्नेछन्। भूमिगत सडक 'क्रस' गर्न आठ लेनको बाहिरी सडक निर्माण गरिनेछ।
काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार कलंकीको ट्राफिक समस्या सुल्झाउन भूमिगत मार्गसहित आठ लेन सडक निर्माण अघि बढेको हो। योजना प्रमुख अशोक तिवारीका अनुसार कलंकी–सातदोबाटो–कोटेश्वर सडक निर्माण लागत ५ अर्ब ९ करोड रुपैयाँ लाग्ने आँकडा छ। उनले कलंकी चोकको भूमिगत बाटो ८ सय ४० मिटर लामो हुने बताए। सडकको डिजाइनअनुसार बल्खुबाट स्वयम्भू जाने सवारीसाधनले कलंकी चोकमा भूमिगत मार्ग प्रयोग गर्नेछन्। भूमिगत सडकमाथिको आठ लेन सडक थानकोट–कलंकी हुँदै कालिमाटी जाने सवारीका लागि हो। चक्रपथका सहायक लेनबाट आएका सवारीले पनि कालिमाटी तथा थानकोटतिर जान यही आठ लेन सडक प्रयोग गर्नेछन्।
यो सडक निर्माणको ठेक्का चीनकै सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले सम्झौताअनुसार २०१३ मार्च १५ बाट निर्माण सुरु गरिसकेको छ। कम्पनीसँग २०१२ डिसेम्बर १८ मा यससम्बन्धी सम्झौता भएको थियो। सबै सडक निर्माण सन् २०१६ मे १५ मा सकिने सम्झौतामा छ। सम्झौताअनुसार आठ लेनको सडकसहित उक्त खण्डमा साइकल लेन, हरियालीका लागि बगैंचा र सडक सुन्दरताका लागि रंगरोगनसमेत गरिनेछ।
चीन सरकारले कलंकी–कोटेश्वर खण्ड निर्माणसँगै चक्रपथका बाँकी भाग पनि निर्माण गर्न आवश्यक कार्य अघि बढाइसकेको छ। यसअन्तर्गत अबको सात वर्षभित्र कोटेश्वर–चाबहिल–कलंकी खण्डको निर्माण पूरा गर्ने योजना छ। त्यसपछि सम्पूर्ण चक्रपथ क्षेत्रको विस्तार योजना पूरा हुनेछ। यसका लागि चीन सरकारले सहमति जनाइसकेको तिवारीले बताए।
चीनबाट बाँकी खण्डको काम थाल्न चिनियाँ प्राविधिक टोली काठमाडौं आएर अध्ययन गरिरहेको छ। टोलीले चक्रपथका सबै सडक एकै स्तरको बनाउनुपर्ने भन्दै प्रारम्भिक अध्ययन गरिसकेको छ। काठमाडौं र ललितपुरका विभिन्न क्षेत्र समेटिएको चक्रपथ २७ किलोमिटर लामो छ।

कमलपोखरीको रूप फेरिँदै

ऐतिहासिक परिचय बोकेको कमलपोखरी यतिबेला निकै फोहोर छ। दुर्गन्धले मानिस कमलपोखरीको छेउछाउ जान पनि रुचाउन्नन्। यही कमलपोखरीलाई अबको एक वर्षपछि राजधानीकै मुख्य गन्तव्यका रूपमा विकास गर्ने योजना छ।
प्राधिकरणले कमलपोखरी सफा गरी वरिपरि पार्क बनाउने योजना अघि बढाएको छ। पोखरी वरिपरि विश्राम गर्ने उपयुक्त ठाउँ बनाइनेछ। बालबालिकालाई खेल्ने पार्क र हिँड्ने बाटो पनि निर्माण गरिनेछ। प्राधिकरणकी योजनाकार हिसिला मानन्धरका अनुसार चारैतिर कम्पाउन्ड बनाएर पोखरी संरक्षण गरिनेछ, जहा“सुकैबाट पस्न रोक लगाइनेछ। प्राधिकरणले पोखरी संरक्षणका लागि डिजाइन तयार पारिसकेको छ।
खाली स्थानमा पार्क
भन्नलाई 'काठमाडौंभन्दा सानो' भनिने सिंगापुरमा आँखा थाक्ने गरी पार्क छन्। त्यो देशलाई सडक वा मेट्रोले होइन, एकपछि अर्को पार्कले जोड्छ। काठमाडौंमा भने हरियाली खोज्नुपर्छ। पार्क त झन् चासोको विषय नै रहेन। अबको सहरी विकासमा भने पार्कलाई पनि प्राथमिकतासाथ गुरुयोजनामा राखिएको छ।
उपत्यकामा सीमित मात्रामा रहेका खाली जाग्गा उपयोग गर्दै पार्क बनाउने सरकारको तयारी छ। प्राधिकरणले हाल भइरहेका पार्कलाई व्यवस्थित बनाउनुका साथै खाली रहेका अन्य सार्वजनिक जग्गालाई समेत पार्कमा परिणत गर्नेछ। पहिलो चरणमा प्राधिकरणले एक वर्षभित्र नक्सालस्थित नारायणचौरलाई सुन्दर पार्क बनाउने भएको छ। यसका लागि काम सुरु भइसकेको प्राधिकरणले जनायो। 'नन्दीकेशर बगैंचा' नाम दिइएको उक्त पार्कको काम २०७१ भित्रै पूरा हुने प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले बताए।
प्राधिकरणका उपविकास आयुक्त भाइकाजी तिवारीका अनुसार तीनकुनेलाई पनि पार्क र बगैंचाका रूपमा विकास गर्ने कार्य अघि बढाइएको छ। 'अहिले तीनकुनेको खाली ठाउँ गाडी चलाउन सिक्ने थलोका रूपमा चिनिन्छ,' उनले भने, 'अबको केही महिनाभित्र त्यो काम बन्द हुनेछ र त्यहाँ सुन्दर पार्क निर्माण हुनेछ।' राजधानीका अन्य क्षेत्रका खाली जग्गामा पनि पार्क बनाउने तयारी भइरहेको तिवारीले बताए।
प्राधिकरणले गोकर्णमा रहेको ३ सय ३३ रोपनी जग्गामा समेत हरियाली कायम गर्ने भएको छ। उक्त जग्गामा क्रिकेट मैदान निर्माण गर्ने तयारी भएकाले त्यसका लागि चाहिनेबाहेक बाँकी जग्गामा पार्क र बगैंचा बनाउने काम अघि बढाइसकेको तिवारीले जानकारी दिए।
नदीमा स्वच्छ पानी, आसपास बगैंचा
एक वर्षदेखि चल्दै आएको बागमती सफाइ अभियानले बागमती नदीलाई पुनर्जीवित तुल्याइरहेको छ। सरकारले अब बागमती मात्र होइन, उपत्यकाका सबै नदी सफा गर्ने भएको छ। बागमतीसँगै विष्णुमती र धोबिखोला सफाइ अभियान सुरु भइसकेको छ। सरकारले नदीमा मिसाइएका ढल हटाएर उपयुक्त ढल निर्माण अघि बढाइसकेको छ। पहिलो चरणमा ढल निर्माणमा जुटेको सरकारले जनसहभागितामा नदी सफाइको काम पनि गरिरहेको छ।
भाइकाजीका अनुसार केही वर्षपछि उपत्यकाका नदीका दायाँबायाँ दुवैतर्फ हरीयाली हुनेछ। दुवैतर्फको सडक कालोपत्रे गरेर साइकल लेनसमेत बनाइनेछ। बागमती नदी आसपासका क्षेत्रमा त बगैंचा निर्माणको काम सुरु भइसकेको उनले बताए।
ढलैढल र फोहोरको डंगुरले पुरिएका नदी करिडोरमा चिल्ला सडक र बगैंचा त बन्ला, तर मृत अवस्थामा पुगिसकेका नदीमा सफा पानी बगाउन सम्भव छ त?
'सडक र हरियाली निर्माणको काम दुई वर्षभित्रै सम्भव छ। नदीको पानी सफा बनाउन भने केही समय लाग्छ,' भाइकाजीले भने, 'नदीमा मिसाइएका ढल हटाउने तथा फोहोर फाल्नेलाई कारबाही गर्न थाले पानी विस्तारै सफा हुँदै जानेछ।'
सरकारले फोहोर पानी प्रशोधनका लागि प्रशोधन केन्द्र निर्माणको काम थालेको सहरी विकास मन्त्रालयले जनाएको छ। यसका लागि सरकारले १३ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ। मन्त्रालयले पहिलो चरणमा बागमती र विस्तारै मनहरा, विष्णुमती र धोबिखोलामा ढल प्रशोधन केन्द्र बनाउने भएको छ। प्रशोधन केन्द्र निर्माण गर्न परामर्शदाता छनौट भई डिजाइन कार्य अघि बढाइसकेको सहरी विकास सचिव किशोर थापाले जानकारी दिए। उनका अनुसार एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण सुरु भइरहेको ढल प्रशोधनको काम सन् २०१९ सम्म सकिनेछ।
त्यस्तै, राजधानीका नदीमाथि रहेका पुलको रंग पनि फरक–फरक हुनेछ। पहिलो चरणमा सरकारले धोबिखोला करिडोरका सातवटा पुलमा सातथरिका रंग लगाउने भएको छ। करिडोरका नदी तथा सडक सफाइसँगै नदीमा पर्ने पुलमा छुट्टाछुट्टै रङ लगाउने तयारी भइरहेको भाइकाजीले जनाए। करिडोर हरियाली तथा सुन्दरता कार्यक्रमअन्तर्गत यो आयोजना अघि बढेको हो।
धोबिखोल करिडोरमा चाबहिल ओम अस्पताल अगाडिको चक्रपथ पुल, भत्केको पुल, कालोपुल, रातोपुल, मैतीदेवी सेतोपुल, हनुमानथानको पुल र बिजुलीबजार पुल छन्।
तिलगंगाबाट तीनकुनेसम्म बागमती नदी किनारका धेरै ठाउँमा पार्क बनिरहेका छन्। यसले त्यस क्षेत्रमा डेरा खोज्न आउनेहरूको चाप बढेको स्थानीय बताउँछन्। 'यस्तो गन्हाउने ठाउँमा को बस्छ भन्दै पहिले डेरामा बस्नसमेत कोही आउँदैन थिए,' एक स्थानीयले भने, 'बागमती सफाइ अभियान सुरु भएर पार्क बन्न थालेपछि दिनैपिच्छे कोठा खोज्नेहरू आउँछन्।'

सडक निर्माणको गुणस्तर कमजोर

विस्तारित सडक निर्माणले उपत्यकाको फेरिँदो रूपको सकारात्मक सन्देश फैलाए पनि गुणस्तरमा भने प्रश्न उठ्न थालेको छ। करोडौं खर्चेर निर्माण गरिएका राजधानीका धेरै स्थानका सडक उप्कने, भत्कने, भासिने तथा डल्ला पर्दै उस्सिन थालेका छन्। विस्तारपछि कालोपत्रे गरिएको ९० किलोमिटर सडकका विभिन्न खण्डमा कालोपत्रे गरिएको केही दिनमै यस्ता समस्या देखिएका छन्।

कतिपय सडक त हप्तादिनमै बिग्रिएको पाइएको छ। आयोजना प्रमुख खरेलले सरकारले कुनै योजना नै नबनाई अभियानका रूपमा सडक विस्तारको काम अघि बढाँउदा सुरुआती समयमा केही स्थानमा समस्या आएको बताए। 'कुनै योजनै नबनाई हतारमा निर्माण गर्दा केही स्थानमा समस्या देखिएको पक्कै हो,' उनले भने, 'आगामी दिनमा यस्तो समस्या दोहोरिने छैन।'
सरकारी निकायबीच आपसी समन्वय नहुँदा पनि निर्माण सम्पन्न भएका केही संरचना भत्काउनुपर्ने अवस्था आएको छ। सडक निर्माण क्रममा विद्युत, खानेपानी, ढल निर्माण गर्ने निकायबीच आपसी समन्वय नहुँदा नयाँ बनाइएका सडकसमेत कहिले खानेपानी त कहिले विद्युत र ढलले भत्काइरहेका दृश्य प्रशस्तै देखिन्छन्। विज्ञहरूले निर्माणको कामलाई गुणस्तरीय र दिगो बनाउन तत्काल सबै निकायबीच छलफल गरी गुणस्तरीय विकासको काम अघि बढाउन सुझाव दिएका छन्।
http://quick-answer.blogspot.com

@ नागरिक बाट
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

श्रीमानको नाजायज सम्बन्धबिरुद्ध सतिसालझैं उभिएकी यी लेक्चरर

‘मेरो लडाइँ मेरोमात्र रहँदैन, अब समाजको लडाइँ हो। जब मैले नै नारीवाद पढाउँछु, महिला सशक्तीकरणको आवाज उठाउँछु जब म नै आफ्नो अधिकारबाट बञ्चित हुन्छु भने मैले दिएको शिक्षाबाट समाजले के ग्रहण गर्ला? तसर्थ बोल्ने, भन्ने एउटा र गराइ अर्कोबीचको संस्कार पनि तोड्नु छ मैले,’ पत्रकार सम्मेलनमा बोल्दा उनका आवाज निरीह र क्रन्दनयुक्त थिएनन्।
:http://quick-knowledge.blogspot.com
साँच्चै कुनै फिल्मकी एक साहसिक नायिकाले बोलेको ‘डायलग’ जस्तो लागिरहेको थियो मलाई उनको आवाज। मैले धेरै हिंसापीडित महिला देखेकी छु उनीहरुले आफ्नो अधिकार रोएर र आँसु झारेर खोजेको पाएकी छु। हो, केही घटना मर्मस्पर्शी र हृदयविदारक पनि हुन्छन् जहाँ पीडित बोलिरहँदा अन्यको आँखा रसाउनु र मन भक्कानिनु मानवीय संवेदनाले छोएको पाटो हो। तर अधिकार फरक कुरा हो। यसका लागि रुनुपर्छ भन्ने लाग्दैन मलाई। मैले त्यस्तै पात्र भेटेँ जसलाई विचरा, पीडित भन्दै सहानुभूति राखेको पटक्कै मन पदैन।

आखिर उनमा कसरी आयो यो साहस?

अमृता शर्मा पर्वतको मुडिकुवा ४ मा जन्मेहुर्केकी पढाइलेखाइमा उत्कृष्ट छात्रा हुन्। दश जोड दुईमा जिल्लामै प्रथम भएकी उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा पनि सर्वोत्कृष्ट थिइन्। उनको मेहनत स्नातकोत्तर तहमा झनै देखियो, उनले गोल्ड मेडल हात पारिन्।

शिक्षामा अब्बल देखिएकी उनै अमृताको वैवाहिक जीवन भने सफल हुन सकेन। शिक्षित परिवारमा जन्मे हुर्केकीे अमृताको उमेर पुगेपछि विवाहको कुरा आउनु स्वभाविक थियो। उनको लागि पोखराको शैक्षिक र सामाजिक क्षेत्रमा ख्याति कमाएका एक व्यक्तिसँग विवाहको प्रस्ताव आयो। शैक्षिक क्षेत्रमा निकै रुचि राख्ने अमृता शैक्षिक व्यक्तित्वसँगको प्रस्तावलाई अस्वीकार गर्ने पक्षहरु देखिनन्। नेपाली समाज र संस्कारमा हुर्केकी अमृतामा शैक्षिक क्षेत्रमा लागेका व्यक्ति इमान्दार हुन्छन् भन्ने विश्वासका उनमा थियो। उनको नाता गाँसियो, कास्कीको भरतपोखरी घर भई पोखरामा नोबेल एकेडेमी संचालन गर्दै आएका विश्वेश्वर आचार्य (पाध्या) सँग।

आखिर जे जस्तो भए पनि एक महिला पराइ घर जानु नै थियो। उनको बिहे २०६६ साल २५ गते हिन्दू धार्मिक परम्परा अनुसार भयो। अरु विवाहित महिलाले जस्तै जीवनका रंगीन सपनाहरु देख्ने हक उनलाई पनि थियो। उनले देखेका रंगीन सपना विवाह भएको एक हप्तामै ‘ब्ल्याक एन्ड ह्वाइट’ मा परिणत भयो। कारण थियो, नजिकको बहिनी नाता पर्ने महिलासँग विश्वेश्वरको नाजायज सम्बन्ध। सुरुमा त दाजुबहिनी भएकाले उनीहरुको गतिविधिलाई सामान्य रुपमा लिएकी अमृताले दिनदिन बढ्दो उनीहरुबीचको असहज सम्बन्धका बारेमा भने मुख फोर्नु नै पर्ने भयो। उनले सम्बधको रहस्य बुझ्न खोजिन्।

श्रीमानले उनलाई जवाफ दिए। ‘तँलाई संसारकै सुखी बनाइदिन्छु, गाडी किनिदिन्छु तर हाम्रो सम्बन्धको बारेमा चुप लागेर बस,’ यही जवाफले उनलाई विद्रोही बनाइदियो। इमान्दारी, सत्यता र निष्ठामा उभिएकी अमृतालाई बेइमानीभित्रको सम्बन्धमा रमाउने चाहना कत्ति भएन। अनि न्यायिक अधिकारका लागि आवाज उठाउन बाध्य भइन्।

सुरुमा त श्रीमानका अन्य परिवारले पनि अमृतालाई साथ दिएका थिए। नाजायज सम्बन्ध तोडेर श्रीमतीसँग बस्न परिवारले सम्झाइरहेको थियो। तिमीलाई छोरा चाहिन्छ कि बुहारी भनेर आमालाई धम्क्याउन थालेपछि भने परिवारका अन्य सदस्यसमेत मौन बस्न बाध्य भए। श्रीमती हुनुको नाताले बाटो बिराएका श्रीमानलाई सही मार्गमा ल्याउन प्रयास नगरेकी पनि होइनन् उनले। सामाजिक, कानुनी र नैतिक रुपमा समेत अपराध मानिने यस्ता कार्य गर्न हुन्न भनी सम्झाउँदा उनी पटकपटक शारिरीक र मानसिक यातानाबाट पीडित हुनुप¥यो।

विस्तारै उनलाई लाग्न थाल्यो, ‘म यस धर्तीमा जन्मेको केवल विश्वेश्वरको श्रीमती हुनमात्र होइन। म जन्मनु, हुर्कनु र बाँच्नुमा मेरो परिवार र समाजको धेरैको लगानी छ। यसको प्रतिफल दिनुपर्छ भन्ने उनलाइ लाग्यो। ‘यात्रामा ठेस लाग्यो, म लडेँँ तर म उठ्नुपर्छ, सम्हालिनु पर्छ र हिँड्नुपछर्’ यस्तै विचारले उनको बाँकी शैक्षिक यात्रा शुरु भयो।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगबाट प्राध्यापकमा एक नम्बरमा नाम निकाल्न सफल भइन्। उनले पद्यकन्या क्याम्पसमा ‘फेमिनिज्म’पढाउँदै आएकी छिन्। गाउँमा अशिक्षित परिवारमा हुने गरेका पारिवारिक हिंसाका बारेमा सुन्दै आएकी उनी अहिले आफैँ पोखरा सहरका स्थापित शिक्षाकर्मीबाट पीडित हुन पुग्दा सपना जस्तै लागेको बताउँछिन्। आफ्नै खुट्टामा उभिन सफल भए पनि यो समस्या व्यक्तिगत नभएर सामाजिक भएकाले अधिकार स्थापित गराएरै छाड्ने दृढता अहिले उनमा पलाएको छ।

मुखले चर्का चर्का भाषण गर्ने महिलावादीहरुले ‘तपाईं आफँै सक्षम हुनुहुन्छ, आफ्नो बाटो तय गर्नुस्’ भन्ने सल्लाह दिँदा भने उनी अचम्ममा परेकी छिन्। अधिकार खोज्नेलाई साथ दिनुको सट्टा प्लेकार्ड बोकेर अधिकारका कुरा गर्दै हिँड्नेहरुप्रति दया लागेको बताउँछिन् उनी। यदि आफूले यो घटनालाई बिर्सेर अघि बढ्ने हो भने समाजमा पारिवारिक हिंसा झनै बढ्ने उनको ठहर छ। धेरै विश्वेश्वरहरुको जन्म हुनेछ र अमृताहरु भाग्यलाई धिक्कार्दै खुम्चेर बस्नु पर्नेछ। तसर्थ कुनै हालतमा पछि नहट्ने आत्मविश्वास उनमा पलाएको छ।

उनी सामाजिक लडाइँ त लडिरहेकी नै छन्, कानुनी अधिकारका लागि २०६९ असारमा कास्की जिल्ला अदालतमा अंश मुद्दा समेत दायर गरिन्। उनले भनिन्, ‘मलाई अंश हकबाट बंचित गर्न आफूले प्राप्त गर्नसक्ने सम्मको नगद रुपैयाँ बैंकमा जग्गा धितो राखिलिएका रहेछन्।’ अंश मुद्दा परिसकेपछि एकल कम्पनीको रुपमा रहेको नोबल एकेडेमीको सम्पूर्ण शेयर अघिको कागज मिलाई ती महिलाको नाममा गरिदिए। उनका अनुसार, अहिले पनि ती महिला र विश्वेश्वर नोबेल एकेडेमीकै छैटौं तल्लामा बस्दै आएका छन्। तर उनका श्रीमानले अमृतालाई घरभित्र पस्न दिएका छैनन्।

अदालतमा चलेको मुद्दामा सम्मानित अदालतबाटै न्याय प्राप्त गर्नेमा उनी विश्वस्त छिन्। उनको पहिलो शर्त छ, ‘मुद्दाको किनारा नलाग्दा म पनि मेरै हक रहेको घरमा बसी मुद्दा लड्न पाउनु मेरो नैसर्गिक अधिकार हो। मानवीय कानुनको अवधारणा पनि यही हो। अधिकारको लडाइ घरमै बसेर लड्न पाउनु पर्छ सडकबाट होइन।’

‘पारिवारिक जीवनपद्धति, मानवीय मूल्यमान्यता, नैतिकता, इज्जत, विधि र नियमजस्ता महत्वपूर्ण पक्षहरुलाई हाकाहाकी चुनौती दिँदै मेरा पतिबाट यस्तो जघन्य अपराध गरिएको छ, यो अपराध मेरो व्यक्तिगत जीवनको लागि मात्र नभएर सम्पूर्ण समाजका लागि अपराध र कलंक हो,’ उनी भन्छिन्।

साँच्चै यतिबेला देशव्यापी रुपमा महिला हिंसा अन्त्य तथा न्याय, समानता र मानवअधिकार सुनिश्चिताकोलागि दबाब मुलक अभियान चलिरहेको छ। विभिन्न मिडिया सामाजिक संजालहरुमा हिंसा अन्त्य गरौं भन्ने व्यानर बोकेर अधिकारकर्मीका जमात छाइरहेका छन्। यसबीच एक शिक्षित महिला आफू श्रीमती हुनुको नाताले पाउनु पर्ने अधिकार खोजिरहेकी छिन्। तर समाजले उनलाई ‘चुपचाप बस र बाँकी जीवन आफ्नो खुसी बिताऊ’ भन्छ। उनी भने समाजको अगाडि न्यायको लडाइँ लडेर अधिकार स्थापित गरेरै छाड्ने साहस लिएर मैदानमा उत्रिएकी छिन्।

‘म चुपचाप लागेँ भने मैले सिकेको शिक्षा र दिएको ज्ञानको ठूलो अपमान हुन्छ। मैले अधिकार खोज्दा, कर्तब्यलाई ख्याल राखिन भने चेतनशील हुनुको अर्थनै कहाँ रह्यो र?’ साँच्चै उनको साहसपूर्ण अभिव्यक्ति र चालेको कदमले रोएर अधिकार माग्ने संस्कार तोड्ने छ। दबिएका आवाजहरु विष्फोट हुनेछन् र सुनेको नसुनै गर्ने समाज झस्किने छ। समाजमा देखिने एउटा र गरिने अर्को व्यवहारको अन्त्य हुनेछ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पहिरोमा पुरिएर ५ को मृत्यु (फोटो फिचर)

Written By Pikford Junior on Friday, June 20, 2014 | 8:42 AM

पहिरोमा पुरिएर ५ को मृत्यु (फोटो फिचर)
http://quick-answer.blogspot.com/2014/06/how-to-watch-world-cup-live-on-iphone.html
 प्यूठान— पहिरोमा पुरिएर प्यूठानमा ५ जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। शुक्रबार राती गएको पहिरोले खुङ–८, मा मानविय क्षति सहित लाखौं धनमालको क्षति भएको हो।

मृत्यु हुनेमा स्थानीय दोम बहादुर गिरी वर्ष ६०, देवा भण्डारी वर्ष ४२, राजु कवर वर्ष २५, प्रेम बहादुर गिरीको १० महिनाको छोरी आयुषा र २ वर्षको छोरा आयुष रहेका छन्।

उनकी श्रीमती मना गिरी वर्ष २३ की पुरिएर गम्भिर घाइते भएकी छिन्। उनलाई प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ। प्रेम भने वैदेशिक रोजगारका लागि एकसाता अँघि गाउँबाट विदेश गएका छन्। अबिरल वर्षाका कारण स्थानीय खोर खोलाबाट आएको बाढी बस्तिमा पसेको थियो।

साँझको बेला करिब २ घण्टासम्म लगातार परेको मुसलधारे पानीसँगै पहिरोले बस्ती बगाएको हो। पहिरोबाट ३ जनाको घर गोठ र ७ जनाको गोठ र शौचालय बगाएको छ । उनीहरु सबैका गोठमा भएका बस्तुभाउ, चौपाया, घाँस, पराल, काठ दाउरा सम्पुर्ण पुरीएर नष्ट भएको छ ।

मानवीय क्षतिबाहेक अन्य क्षतिको विवरण संकलन गरीदैछ। बाढी पीडितहरुलाई शुक्रवार बिहानै प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको नेतृत्वमा गएको टोलीले राहत सामाग्री बितरण गरेको छ।

घटनाबाट पीडितका परिवारलाई प्रतिघरधुरी ४० हजारका दरले राहत रकम बितरण गरीएको उनले बताए । गैसस महासंघले चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रि प्रदान गरेको छ । रेडक्रस प्यूठानले कम्बल, भाँडाकुँडा र त्रिपाल लगायका सामाग्रि घटनास्थलमै पुगी बितरण गरेको सभापति गुमानराज पुलामीले बताए ।

सो अवसरमा स्थानीय विकास अधिकारी भगवान अर्याल, जिल्ला स्थित बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतको सामुहिक उपस्थिती थियो । सबैले राहत रकम संकलन गरी बाढी पिडितलाई प्रदान गर्ने बताएका छन्।
http://quick-answer.blogspot.com/2014/06/how-to-watch-world-cup-live-on-iphone.html

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पुरुष यौनकर्मीको दिनचर्या यस्तो छ !

Written By Pikford Junior on Saturday, May 31, 2014 | 12:09 AM

महिला यौनकर्मी गतिविधि, बोली र हुलियाबाटै चिन्न सकिन्छ, उनीहरूलाई चिन्‍न गाह्रो छैन। । उनीहरू सार्वजनिक रूपमै ग्राहकको खोजिरहेका, मोलमोलाइ गरिरहेका भेटिन्छन्। तर नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या पनि बढिरहेको छ। हुलिया उच्चस्तरको हुने हँदा उनीहरूको पहिचान गर्न गाह्रो छ।

मैतीदेवीमा डेरा गरिबस्ने एक जना युवा छन्, हट्टाकट्टा। मंगोलियन अनुहारका ती युवाको दिनचर्या सुरु हुन्छ, नित्यकर्मपछि जिमखानाको अभ्यास। बलिष्ठ र आकर्षक शारीरिक बनावटका उनी न धूमपान गर्छन्, न मदिरासेवन। बिहान काजु, बदाम र दूधजस्ता शाकाहारी पौष्टिक तत्त्व सेवन गर्छन्। उनको काम सुरु हुन्छ, दिनमा। त्यो काम हो, विभिन्न महिलालाई यौनसन्तुष्टि प्रदान गर्नु। उनी त्यस्तो काम गर्छन् भन्ने पत्याउन गाह्रो हुन्छ, उनको हुलिया हेर्दा।

ती युवाजस्ता पुरुष यौनकर्मीको विषयमा खोजी गर्न निस्कँदा पुरुष यौनकर्मीका विविध विषयमा जानकार तथा यौनहिंसाविरुद्ध काम गरिरहेको संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको सहयोग लिइयो। यस्तै यौनकर्मीकै विषयमा काम गरिरहेकी एक ५० वर्षीया यौनकर्मी महिलालाई केही शुल्क तिरेर पुरुष यौनकर्मीका विषयका केही सूचनाहरू पंक्तिकारले प्राप्त गरेको छ।
ढल्कँदो उमेर चढ्दो जवानी

यौनको विषय मानिसको निक्कै चासोको विषय हो। तीमध्ये पनि कति उमेरसम्मका महिलाले पुरुष यौनकर्मी वा यौन सन्तुष्टि दिने पुरुषको खोजी गर्छन् होला? यो अर्को खुल्दुलीको विषय हो।

५० वर्ष कटिसकेकी र अहिले पनि बेलाबेलामा आफ्ना ग्राहकलाई सन्तुष्टि दिँदै आएकी चौधरी थरकी यौनकर्मी महिलाले राजधानीबाट प्रकाशित हुने एक साप्ताहिकलाई अन्तर्वार्ता दिएकी थिइन्, तीन वर्षअघि। उनलाई सोधिएको प्रश्न थियो, 'पुरुष खोजी दिन भन्दै आउने महिलाहरू पनि होलान् नि?'

ती यौनकर्मी महिलाले भनेकी थिइन्,'एकजना ललितपुरतिरकी महिला छिन्, ७० वर्ष कटिसकेकी। उनलाई सेवा दिन एकजना भाइ जान्छन्। विदेशबाट पैसा आउँदो रहेछ, ती महिलाको। अहिले त त्यो भाइ पल्सरमा चढ्छ, सुनको मोटो सिक्री लगाउँछ, सबै ती महिलाले किनिदिएकी रे।'

अन्नपूर्ण पोस्ट्सँग सम्पर्कमा आएकी यौनकर्मी महिलाले यस्तै ढल्कँदो उमेरकी एक महिलाको रोचक घटना सुनाइन्। एक युवा एउटा घरमा रङ लगाउन गएछन्। त्यस घरमा ६० कटेकी एक महिलामात्रै रहिछिन्। उनले रङ लगाउने युवालाई घरभित्र बोलाएर च्याप्प अँगालो मारिछिन् र यौनसम्पर्कको लागि आग्रह गरिछिन्।

यौनकर्मले फेरियो जीवन

कुनै बेला मेनुका थापा एक लोकदोहोरी रेस्टुरेन्टमा गायिकाको रूपमा जागिर खान्थिन्। उनले त्यहाँ एक किशोरलाई भाँडा माझ्ने कामदारका रूपमा देखेकी थिइन्, १५ वर्षअघि। 'ती किशोर १२/१३ वर्ष जतिका थिए', मेनुका सम्झिन्छिन्।

उदयपुरबाट आएका तामाङ थरका ती युवालाई द्वन्द्वकालमा माओवादीले आफ्नो सेनामा भर्ना गर्न लाग्दा मुस्किलले बचेर भागेका रहेछन्। सुरुमा आफ्नो काकाको छोराले चलाउने ट्याम्पोमा खलासीका काम गरेका उनलाई दाजुले तलब खर्च नदिएपछि उनी रेस्टुरेन्टमा भाडा माझ्न आएका रहेछन्। मेनुका एक दिन यौनकर्मीहरूलाई भेट्न रत्नपार्क जाँदा गणेश मन्दिरअगाडि ती किशोरलाई धेरै समयपछि फरक हुलियामा भेटिन्। 'कपाल पनि स्टाइलको पारेछ, लुगा कपडा पनि फरक, टिमिक्क परेको शरीर, जिम पनि जाँदा रहेछन्', मेनुका भन्छिन्,'ती भाइ त यौनकर्मी बनेर पो बदलिएका रहेछन्।'

ती यौनकर्मी युवाले सेवा दिने महिलाहरूको उमेर ४० कटेका छन्। उनले मेनुकालाई भनेअनुसार उनले नेपाली चलचित्रकी एक अभिनेत्रीलाई समेत सेवा प्रदान गरिसकेका छन्। तर उनले सेवा दिनुपर्ने एक महिलाले भने उनलाई आदेश दिएकी छन्, 'मबाहेक अरू कसैलाई सेवा प्रदान गर्न तिमीले पाउँदैनौं।' उनी आफूले सेवा दिन महिलालाई 'म्याम' भनेर सम्बोधन गर्छन्। ड्रेस अप र हेयर स्टाइलका लागिसमेत सल्लाह दिने ती म्यामले उनलाई पैसा टन्न दिनेमात्रै होइन, बेलाबेलामा सपिङ पनि गरिदिन्छिन्।

अयोग्य लडाकुको नयाँ लडाइँ


एकजना यौनकर्मी पुरुष छन्। कुनै बेला उनी देशलाई परिवर्तन गर्न माओवादी लडाकु बनेर विभिन्न मोर्चामा लडाइँ लडेका थिए। सिन्धुपाल्चोक ज्यामिरेका उनी लडाकुलाई सेनामा समायोजन गर्ने क्रममा अयोग्य घोषित भएपछि उनी आफ्नो पार्टीको नेतृत्वबाट विरक्तिए। गाउँमा पनि उनलाई टिक्न गाह्रो भयो र उनी काठमाडौं आए र सानो नाङ्ले पसल चलाउन थाले। तर यी तीनजना छोराछोरीका बावुको नाङ्ले पसल भने चलेन।

तर नाङ्ले पसल सञ्चालनका क्रममा उनको यौनकर्मी महिलासँग चिनजान भयो। पुरुष यौनकर्मी खोज्न महिला पनि हुन्छन् भन्ने उनले बुझे। पुरुष यौनकर्मी खोज्ने महिलाले प्रत्यक्ष रूपमा भन्दा पनि विभिन्न सम्पर्क सूत्रमार्फत खोज्दा रहेछन्। सम्पर्क सूत्रका रूपमा होटेल, गेस्ट हाउस सञ्चालकहरू तथा स्वयम् यौनकर्मी महिलाहरू हुँदा रहेछन्। यसबापत यौनकर्मी महिलाले दुई सय रुपैयाँ कमिसन पाउँदा रहेछन्। उनै यौनकर्मी महिलाबाट जानकारी पाएपछि ती अयोग्य लडाकु यौनकर्मी भएका रहेछन्।

ती युवाले मेनुका थापालाई भनेअनुसार उनका ग्राहकहरू धनी परिवारका महिला छन्। एक पटक सेवा दिएबापत पाँच हजार लिन्छन् उनी। अहिले पल्सरमा हिँड्छन्। राम्रो मोबाइल फोन बोक्छन्। कहिलेकाहीँ ग्राहकले थप टिप्स पनि दिने हुँदा अहिले उनी मस्तीको जीवन बिताइरहेछन्।

सेवाग्राही महिला
अन्नपूर्ण पोस्ट्को सम्पर्कमा आएकी ५० वर्षीया यौनकर्मी महिलाले पुरुष यौनकर्मी महिलाबाट सेवा लिने महिलाहरूका बारेमा विभिन्न कुरा खुलाइन्। उनले अवलोकन र अनुभवअनुसार यौनकर्मी पुरुषबाट सेवा लिने महिलामध्ये अधिकांशको उमेर ४० कटेको हुन्छ। श्रीमान् देशबाहिर भएकाहरूले नै पुरुष यौनकर्मीबाट यौन सन्तुष्टि लिने गरेका छन्। ती महिलाहरूले सबै कुरा पुगिसरी भए पनि यौन सन्तुष्टि दिने श्रीमान् बाहिर भएका हुँदा यौन सन्तुष्टिका लागि पुरुष यौनकर्मीको खोजी गर्ने गरेको ती महिलाले खुलाइन्।

कतिपय महिला स्कूटर चढेर तारेहोटेल तथा रिसोर्टमा जाने र त्यहाँबाट पुरुष यौनकर्मी बोलाउन लगाएर सन्तुष्टि लिने गरेका छन्। खासगरी सामान्य होटेल तथा लजमा प्रहरीले छापा मार्ने तर तारे होटेल तथा रिसोर्टमा त्यस्तो खतराबाट जोगिन सकिने हुँदा ती महिलाले महँगो ठाउँ रोज्ने गरेका छन्। गोपनीयताको हिसाबले पनि ती ठाउँ सुरक्षित मानिन्छन्।

यौनकर्मी पुरुषको सेवा लिने सेवाग्राही महिलालाई मोबाइल र मोटरसाइकलले सहज बनाएको छ। भनेको समयमा पुग्न मोटरसाइकलले सजिलो बनाएको छ भने बोलाउनका लागि मोबाइलले।

ती यौनकर्मी महिलाले बताएअनुसार उनीसँग एउटै घरमा बस्ने एक जना युवक छन्। उनी राजधानीको कुनै एक तारे होटेलमा सुरक्षा गार्डको रूपमा काम गर्छन्। पुरुष यौनकर्मीसँग सन्तुष्टि लिएर होटेलबाट बाहिरिँदा त्यस्ता महिलाले ती युवकलाई राम्रो टिप्स दिँदा रहेछन्।

भरपर्दा ग्राहक

यौनकर्मीहरूको गतिविधि तथा समस्याका बारेमा खोज्दै जाँदा रक्षा नेपालीकी अध्यक्ष मेनुका थापाले एक व्यापारी मारवाडीकी श्रीमतीलाई भेटिछन्। मेनुकाले बताएअनुसार घरका श्रीमान्ले उनलाई यौनसम्बन्धको लागि कुनै समय दिन नसकेपछि उनले यौनकर्मी पुरुष वा कुनै हट्टाकट्टा जवान भेटे पैसा खर्च गरेर यौनसन्तुष्टि लिने गरेकी छिन्। ती महिलाले मेनुकालाई भनेको कुरा यस्तो छ :

'मेरा श्रीमान्लाई पैसा भनेपछि केही चाहिँदैन। जहिले पनि लाख, करोडको हिसाबमात्रै गरिरहन्छन्। जग्गा जोड्ने र पैसा कमाउनेमात्रै कुरा हुन्छ। यौनसम्बन्धका लागि कुनै समय दिन नसकेपछि म यौनकर्मी पुरुष वा कुनै पार्टनरको खोजी गर्न थालेँ। तर मलाई केही थाहा थिएन।

मैले पत्रपत्रिकाहरूबाट के थाहा पाएँ भने मसाज पार्लरहरूमा यौन धन्दा चल्छ। मैले अहिले एउटा मसाज पार्लरमा केही लगानी गरेको छु। केटी खोज्दै आउने कोही हट्टाकट्टा पुरुष आए भने म आफैं तयार हुन्छु। सेनाको मेजरसँग पनि मेरो सम्बन्ध छ। यौन सन्तुष्टिका लागि म आफैं पनि खर्च गर्न तयार हुन्छु। के म मान्छे होइन, मैले यौन सन्तुष्टि पाउनु परेन?'

दुई महिला एक ट्याक्सी चालक

अन्नपूर्ण पोस्ट्सँग सम्पर्कमा आएकी यौनकर्मी महिलाले एक रोचक घटना सुनाइन्। जो यस्तो छ :

एक दिन एक मगर थरका ट्याक्सी चालक रात्रिकालीन समयमा ट्याक्सी लिएर बाहिर निस्के। दुईजना महिला ट्याक्सीमा चढे। उनीहरूले रविभवनहुँदै वाफलतिर जान भने। ट्याक्सी चालकले उनीहरूको जस्तो आग्रह गरे, त्यो दिशामा ट्याक्सी मोडे।

एक घरमा पुगेर गाडी रोक्न लगाए, ती दुई महिलाले ट्याक्सी चालकलाई घरभित्र लगे। घरभित्रै पैसा लिन चालक पनि महिलाका पछि लागे। एउटी कामदार केटी रहिछिन्। उनलाई अर्को कोठामा जान भनेपछि ती दुई महिलाले महँगा मदिरा र खानेकुरा ल्याए। चालकलाई खाऊँ भने। चालक परेछन्, मदिरा सेवन नगर्ने।

अब वास्तविक खेल सुरु भयो। ती दुई महिलाले चालकलाई आफूहरूसँग यौनसम्पर्क राख्न आग्रह गरेछन्। दुई महिलालाई उनले सन्तुष्टि दिन त खोजेछन्, तर दुई महिलाले सोचेजस्तो सन्तुष्टि दिन नसकेपछि महिला स्वयम् चालकमाथि सक्रिय भएछन्। भोलिपल्ट ट्याक्सी भाडाबापत १० हजार दिएछन्। त्यो घटनापछि थाकेका उनी रगत जँचाउन जाँदा ती यौनकर्मी महिलाले भेटेकी रहिछन्।

सम्पर्क सुत्र

आफूलाई यौन सन्तुष्टि दिने पुरुषको खोजी गर्ने महिलाले विभिन्न सूत्रमार्फत उनीहरूलाई फेला पार्ने गरेका छन्। क्यासिनो, फिल्म हल, स्वयम्भू क्षेत्र आदि पुरुष यौनकर्मी र महिलाहरूको भेट गर्ने स्थल रहेको ती यौनकर्मी महिलाले बताइन्। यसैगरी कतिपय पुरुष यौनकर्मी ग्राहक फेला पार्ने मर्निङवाकमा निस्कन्छन्। मर्निङवाकमा यौनकर्मी खोज्ने महिला भेट भयो भने उनीहरूको परिचय, मोबाइल नम्बर आदानप्रदान हुँदै यौन सन्तुष्टि लिने दिने कामसमेत हुन्छ। यौनकर्मी पुरुषको खोजी गर्ने महिलाहरूमा धनसम्पत्तिको कुनै खाँचो हुँदैन। उनीहरू राम्रो रकम दिएर आफूलाई पूर्ण सन्तुष्टि दिने पुरुष चाहन्छन्।

पुरुष यौनकर्मीको संख्या कति छ, अहिले किटेर भन्न सकिन्न। तर २५ जना जति आफ्नो सम्पर्कमा रहेको ती यौनकर्मी महिलाको भनाइ छ। तीमध्ये १०/११ जना नियमित रूपमा रत्‍नपार्कमा भेटिन्छन्।

धन्दामा डान्सबारका मालिक पनि

ठमेलमा डान्सबार चलाउने एकजना पुरुष पनि यौन पेसामा लागेको पाइयो। डान्सबारमा मदिरा सेवन गरेपछि झगडा हुनेजस्ता अनेक झमेलाबाट वाक्क लागेपछि उनले मसाज पार्लर खोलेछन्। मसाजमा पनि बेलाबेलामा प्रहरीले दु:ख दिइरहेकै थिए। ४५ वर्षीय ती व्यक्तिको मसाज पार्लरकै परिचयपत्र फेला पारिछिन्, एसएलसी दिँदै गरेकी उनकी छोरीले। उनकी छोरीले विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएकी रहिछन्, मसाज सेन्टरमा विभिन्न विकृतिहरू हुन्छन् भन्ने। घरमा 'ट्राभल एजेन्सी चलाइरहेको छु' भन्दै आएका उनलाई छोरीले भनिछन्, 'बाबा, मसाज सेन्टरमा त नराम्रो काम पो हुन्छ होइन र?'

छोरीको यस्तो वचन एकातिर सुन्नु, अर्कातिर मसाज पार्लरबाट पनि राम्रो आम्दानी नभएपछि आर्थिक अभावमा गुज्रिएका ती व्यक्तिलाई लागेछ, केटाले यौन प्यास मेट्न केटी लैजान्छन् भने केटा खोज्दै आउने केटी पनि होलान् नि ! त्यसपछि उनी रत्नपार्क पुगेर एक महिला यौनकर्मीलाई लगेर गेस्ट हाउसमा पुगेछन्।

यौनकर्मी महिलाले मागेअनुसार एक हजार पाँच सय रुपैयाँ उनले दिए। मासुभात खुवाए। एउटै कोठामा बसेर पनि उनले यौनसम्बन्ध राखेनन्। बरू भनेछन्,'खासमा म पुलिस हुँ। अनुसन्धानमा छु। म तिमीलाई केही गर्दिनँ। बरू बहिनी बनाउँछु। के पुरुष खोज्ने महिला पनि हुन्छन्?'

भोलिपल्ट ती यौनकर्मी महिलाले संकेतमार्फत पुरुष यौनकर्मी चिनाइदिएपछि उनी ढुक्क भएछन्, यौनकर्मी पुरुष पनि हुन्छन् भन्नेमा। तिनै यौनकर्मी महिलाले ग्राहकसमेत खोजिदिन थालेपछि कुनै बेलाका डान्सबारका मालिक यतिखेर यौन पेसामा निर्लिप्त भएर लागेका छन्। उनी पुरुष यौनकर्मीको संगठन बनाउने योजनामा रहेको सुनाउँछिन्, रक्षा नेपालका अध्यक्ष मेनुका थापा।

 
अध्यक्ष, रक्षा नेपाल

मैले चार/पाँचजना पुरुष यौनकर्मी चिनेकी छु। नेपाली समाजमा व्याप्त पितृसत्तात्मक सोचका कारण पुरुष यौनकर्मी पनि हुन्छन् र? भन्ने गरेको पाइन्छ। तर त्यसो होइन, पुरुष यौनकर्मी समाजमा छन्। कति छन्, त्यो पत्ता लगाउन अनुसन्धान हुनै पर्छ।

मैले थाहा पाएअनुसार पुरुष यौनकर्मीको कमाइ राम्रो हुन्छ। मासिक २० देखि ३० हजारसम्म घरमा पठाउने पुरुष यौनकर्मी पनि छन्। कतिपय राम्रो कमाइ भएर आम्दानीको सदुपयोग नगर्ने पुरुष यौनकर्मी पनि देखेकी छु। उनीहरू विभिन्न कुलतमा फसिरहेको पनि थाहा छ। यसरी युवापुस्ता कुलतमा फस्दै गए के हुन्छ?

मैले चिनेका पुरुष यौनकर्मीले बताएअनुसार नियमित सम्पर्क हुने महिलाहरू कण्डम नलगाई यौन सन्तुष्टि दिन भन्छन्। पैसाको लागि पुरुष यौनकर्मी त्यसो गर्न तयार हुनुपर्छ। यसले विभिन्न यौनजन्य संक्रमण हुने खतरा देखेकी छु। त्यसैले पुरुष यौनकर्मीका बारेमा पनि अध्ययन अनुसन्धान हुन जरुरी भइसकेको छ।

 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मसाज सेन्टरमा यति सेक्सी मसाजकि कट्टुमै झर्यो विर्य ...(भिडिओ)

Written By Pikford Junior on Monday, May 19, 2014 | 1:44 AM


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

केटिले केटालाई सेक्स गर्न फकाए पछि..............(भिडिओ )


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Previous Page 1234567 Next Page

Search This Blog

Science

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf