
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
अब तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव
‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास हुँदै गएको उनीहरुको बुझाइ छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !