SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
२९ फागुन, काठमाडौं । बेलायती प्रधानमन्त्री डेभिड अहिले आफ्नै सानो गल्तीका कारण चरम तनावमा छन् । तनावको कारण बनेकी छन्, उनको घरमा काम गर्न बसेकी नेपाली धाइआमा-काठमाडौं सिरुबारीकी गीता लामा । गीताले प्रधानमन्त्री निवासमा रहेर कुनै गल्ती भने गरेकी छैनन् । क्यामरुन दम्पत्तीका सन्तान लालनपालन गर्दै आएकी उनले कानुनअनुसार बेलायती नागरिकता पनि पाइसकिन् । तर जन्मका आधारमा उनको राष्ट्रियता अहिले पनि नेपाली नै हो ।
बेलायती कानुनअनुसार घरेलु कामदार राख्दा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ, सकभर विदेशी राख्नु हुँदैन । प्रधानमन्त्री नियुक्त भएपछि पनि गीतालाई धाइआमाको जिम्मेवारी दिइरहेका क्यामरुनको यही निहुँमा संसददेखि सडकसम्म खेदो खन्न थालिएको छ ।
प्रधामन्त्रीले नै कानुनविपरित विदेशी कामदारलाई प्राथमिकता दिएको भन्दै गत बिहीबार संसदमा आफ्नै दल कन्जरभेटिभ पार्टीका एक सांसदले बबन्डर मच्चाएपछि क्यामरुन विवादमा तानिएका हुन् ।
आलोचकहरुले प्रधानमन्त्री निवासकी धाइआमाले ले बेलायती नागरिकता सहजै पाउनुमा क्यामरुन दम्पत्तीको पहुँचलाई औल्याएको खबर आजको नागरिक दैनिकले छापेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !