SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
दिनभर काममा जोतिएर बिहान बेलुकीको छाक टार्दै आएकी एक बेलायती युवतीको जीवनमा चमत्कार भएको छ । हालै उनको वैंक अकाउन्टमा ५२ हजार पाउण्ड आयो । ती युवतीले पैसा खातामा आएको केही घण्टामै त्यसलाई सिध्याउन अति तिब्र गतिमा सपिङ र मोजमस्ती गरिन् । जसले उनलाई प्रहरी हिरासतमा पुर्याएको छ । लिचफिल्ड काउन्सिलले गल्लीबस यति ठूलो रकम उनको खातामा ट्रान्सफर गरेको थियो । जुन रकम ब्रोमफोर्ड हाउजिङ एशोसिएनलाई दिनु पर्ने थियो । बुल रिङ सेन्टरमा गएर उनले आफ्नो प्रेमीलाई जिन्स, जुत्ता लगायतका महंगा उपहार किनिदिन भ्याइन् । २३ वर्षीया मिचेल हचिङले ९ हजार पाउण्डको निकै मंहगो पकडा, सनग्लास र मन परेका बिलासी वस्तुहरु किनिन् । खातामा आएको पैसा खर्च गर्न उनलाई प्रेमीले समेत साथ दिए । त्यति गर्दा पनि उनको खातामा अझै ४४ हजार बढि रकम बच्यो । त्यसैले उनले उनले आमालाई एक हजार पाउण्ड दिइन् भने ४० हजार पाउण्ड आफ्नो लगानी खातामा ट्रान्सफर गरिन् । जब काउन्सिलले गल्ती पत्ता लगायो तव उनी समातिइन् । उनालाई हालै स्टाफोर्ड क्राउन अदालतमा उपस्थित गराइयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !