Headlines News :
Home » » किन जाइलागे खरेलविरुद्ध गृहमन्त्री ?

किन जाइलागे खरेलविरुद्ध गृहमन्त्री ?

Written By Pikford Junior on Monday, April 7, 2014 | 3:52 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
काठमार्डौं । एजेन्सी - काठमाडौंका लगाएत देशका  विभिन्न डन र सुन तस्करको दबाबमा गृहमन्त्री बामदेव गौतम यतिबेला काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई जसरी पनि सरुवा गर्ने वा हटाउने अभियानमा जुट्न बाध्य भएका छन् । बिगतमा बहालवाला आइजीपी अच्यूतकृष्ण खरेलसँग केहि तितो पिरो परेपछि खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई आइजीपी बनाउन समेत पछी नपरेका गृहमन्त्री गौतम अहिले ‘माउ खरेललाई त तह लगाइयो’ भन्दै अहिलेका ‘चेला खरेल’ का पछि परेका छन् ।
एसएसपी खरेलले केही समय यता राजधानीमा चलाइरहेको गुण्डा तहलगाउने अभियान तत्काल बन्द गर्न गृहमन्त्री बामदेवलाई एमालेका एक अर्का नेता केपी ओलीले समेत दबाब दिदै आएका थिए । कुनै पनि राजनीतिक दबाब नमान्ने खुला चुनौती दिँदै खरेलले गुण्डा तह लगाउन थालेपछि गुण्डाका संरक्षण गर्ने एमाले र काँग्रेसका कतिपय नेताहरु आत्तिएका छन् । केही दिनपहिले बाघेलगायतका दुई डनलाई छुटाउन प्रधानमन्त्री कार्यालयबाटै एसएसपी रमेश खरेललाई धम्की भरिएको फोन गएको थियो । प्रधानमन्त्री कार्यालयकै दबाब आएपछि उनीहरु छुटेका थिए ।
एमाले सुत्रका अनुसार बामदेव गौतमले मुखले गुण्डा तह लगाउँछु भने पनि भित्र–भित्र उनी आफु अनुकुल निर्णय होस् भन्ने चाहन्छन् । आफ्नो पक्षका गुण्डाको संरक्षण गरी अन्य गुण्डामाथि कारवाही चलाउने गौतमको इच्छा भए पनि एसएसपी रमेश खरेलले सबै गुण्डालाई तह लगाउने अडान राखेपछि खटपट सुरु भएको बताइन्छ ।
बामदेव गौतम अहिले केपी ओलीले संरक्षण प्रदान गरेका डन दिनेश अधिकारी (चरी) र परशुराम बस्नेतमाथि कुनै कारवाही नहोस् भन्ने चाहन्छन् । केपी ओलीलाई चुनाव जिताउन विशेष भूमिका निर्वाह गरेका र आगामी महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन पनि खाँचो पर्ने भएकाले दिनेश अधिकारी र परशुरामको संरक्षण गर्न गृहमन्त्री बामदेव कस्सिएका हुन् । एसएसपी खरेलले पक्राउ गर्ने भएकाले दिनेश अहिले विदेशीएका छन् । केही समयअघि विदेशमा चर्चित मोडल खुश्वु ओलीसँग विवाह गरेका चरी एसएसपी खरेलकै डरले स्वदेश फर्कन सकिरहेका छैनन र आफ्ना संरक्षक अर्थात गौतम र ओलीलाई आफनो सुरक्षाका लागि बारम्बार फोन गरिरहेका छन् ।
हालै मात्र अर्का डन् अर्थात ‘फ्याउरे गुण्डा’ गणेश लामालाई पक्राउ गरेका खरेलले एमालेको युवा संघका केन्द्रीय सदस्य अमीता लामालाई पनि पक्राउ गरेका छन् । युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले ‘बिना कारण युवा संघका केन्द्रीय सदस्य अमित लामा पक्राउ गरी चलचित्र सिंघम शैलीमा पत्रकार सम्मेलन गर्ने प्रहरी अधिकृतमाथि कारबाही होस्’ भन्दै गृहमन्त्रीसँग माग गरेबाट पनि गृहमन्त्री गुण्डाको दबाबमा रहेको बुझ्न सकिन्छ । कसैलाई बाँकी नराख्ने एसएसपी खरेलले स्वदेश फर्किएमा चरी पक्राउ पर्ने पक्का छ ।
आफ्ना कार्यकर्ताको चर्को दबाब आएपछि आफ्ना निकटका गुण्डालाई बचाउने तयारी बमोजिम दबाब दिन गृहमन्त्रीले एसएसपी खरेललाई भेट्न डाकेका थिए । तर खरेल उनलाई भेट्न गएनन् । खरेलको तर्क थियो, ‘मैले भेट्ने भनेको आइजीपीलाई हो । मेरो विभागीय हाकिम आइजीपी हो । आइजीपीलाई बाइपास गरेर मैले भेट्न मिल्दैन । यसरी आफूभन्दा माथिल्लो तहका अधिकारीलाई मिचेर मैले गृहमन्त्री भेट्दै जाने हो भने प्रहरी संगठनको चेन अफ कमाण्ड भत्किन्छ ।’
खरेलको तर्क गलत थिएन । तर, खरेललाई सुटुक्क आफ्नो हैकम लादन बोलाएका गृहमन्त्री गौतम खरेल उनलाई भेट्न नगएपछि बम–बम भए । त्यही रिस फेर्न उपप्रधानमन्त्रीसमेत रहेका गौतमले काठमाडौं प्रहरी प्रमुख खरेल ‘सेलीब्रेटी बन्न खोजेको’ आरोप लगाए । युवा संघ नेपालको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकलाई धुलिखेलमा सम्बोधन गर्दै गृहमन्त्री गौतमले सिंहदरबारमा कार्यालय र ललितपुरमा मन्त्री निवास हुँदासमेत खरेल आफुलाई भेट्न नआएको गुनासो गरेका थिए । ‘एसएसपी खरेल मसँग भेट गर्न आएका छैनन्’, उनले भनेका थिए, ‘मसँग आएर भेट्दा स्वाभिमान गिर्ने ठानेका रहेछन् । उनले खरेलले पक्रिने अनी दुइ तिन दिनमा छाडने खरेल शैलीको आलोचना गर्दै भनेका थिए, ‘पक्रिने र दुई तिन दिनमा छाड्ने तरीका अपराधीलाई उन्मुक्ती दिने शैली हो । बिगतमा पनि यस्तै भएको छ ।’
गृहमन्त्री गौतम र खरेलवीचको यो जुहारी र शक्ति संघर्षले आम रुपमा गुण्डाहरुको भने मनोबल बढेको छ । गृहमन्त्री नै आफनो पक्षमा नभएको सन्देश बाहिर जाँदा एसएसपी खरेललाई संगठनमा अरुले नटेर्ने अवस्था आउनसक्छ । अनी एउटा एसएसपीले समेत टेरपुच्छर नलाएको सन्देशले गृहमन्त्रीको कमजोर हैसियत उजागर गर्छ । खरेललाई सरुवा गर्न पनि नसक्ने र सार्वजनिक रुपमा उनीविरुद्ध बोल्दै हिंड्ने शैलीले गृहमन्त्रीकै साख गिरेको छ । आम जनतामा लोकप्रिय मानिएका खरेललाई अहिले हटाएमा वा सरुवा गरेमा गृहमन्त्री सोझै डनहरुको इशारामा चलेको सन्देश जाने भएकाले सजिलै उनले खरेललाई सरुवा गर्नसक्ने अवस्था छैन । गृह मन्त्रालय र प्रहरी सँगठनवीचको यो रस्साकस्सीले अन्नततः मुलुकको सुरक्षा व्यवस्थामै प्रतिकुल असर गरिरहेको देखिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf