२८ जेठ, काठमाडौं । मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजा कतिका लागि राम्रो भयो, कतिलाई नराम्रो । डिस्टिङसन, फस्ट र सेकेन्ड डिभिजन आयो भनेर मख्ख पर्ने पनि छन् । थर्डमै चित्त बुझाउने पनि छन् । पास हुनेभन्दा फेल हुने धेरै छन् । तर चर्चा चाहिँ पास हुनेको मात्रै छ । एसएलसीको नतिजा सार्वजनिक भएको दिन त्योभन्दा माथि पढिसकेका र पढेर सकाइसकेकाहरुले पनि विगतको याद गर्ने गर्छन् । आज अनलाइनखबरले देशका तीनजना हास्य कलाकारसँग उबेलाको एसएलसी नतिजाको अनुभवबारे छोटो कुराकानी गरेको छ ।
नेपाल टेलिभिजनको चर्चित हास्य सिरियल जिरे खुर्सानीमा कलाकार जितु नेपाल सिरियलमा भन्ने गर्नुहुन्छ- ‘थर्ड डिभिजन ल्याएर एसएलसी पास गरेको मान्छे हुँ, के सोच्या छ..।’ तर वास्तवमा जितुले थर्ड डिभिजन होइन, सेकेन्ड डिभिजनमा एसएलसी पास गर्नुभएको हो । मंगलबार एसएलसीको नतिजा सार्वजनिक भएको दिन अनलाइनखबरसितको कुराकानीमा कलाकार नेपालले आफ्नो बेला सम्झँदै भन्नुभयो मुन्द्रेको एसएलसी

’यू’ थियो । अन्तिममा यू भएको हुनाले उतीर्ण हुन्छु भनेर मैले व्याख्या गर्ने गरेको थिएँ । नभन्दै उतीर्ण भएँ । सेकेण्ड डिभिजनमा पास भएँ । त्योबेला मेरो स्कूलबाट ४०/४५ जनाले परीक्षा दिएकोमा म समेत जम्मा ५ जनामात्र पास भयौं । उबेला त्यसरी पास हुनुको महत्व नै बेग्लै थियो ।
मलाई लाग्छ कि डिस्टिङसन, कि थर्ड डिभिजनको महत्व छ । बीचको फस्ट र सेकेन्ड भन्या त उस्तै हो । त्यसैले मैले आफ्नो टेलिसिरियलमा थर्ड डिभिजनलाई महत्व दिएका हौं ।’
म दुई नम्बरको एसएसलसी
हेर्दै गाको, सेकेन्ड डिभिजनमा पास भएछु । मलाई फस्ट डिभिजनभन्दा सेकेन्ड डिभिजन नै राम्रो लाग्छ । फस्ट हुनका लागि धेरैजना प्रयास गर्छन् । तर, एउटा मात्रै सफल हुन्छ । दुई नम्बर त सधैं उस्तै । म कलाकारितामा पनि दुई नम्बरको हुँ । एसएलसीमा पनि सेकेन्ड डिभिजन, कलाकारितामा पनि दुई नम्बर ।
धुर्मुस एसएलसीका दिन भूमिगत
भोलिपल्ट स्कूलमा रिजल्ट टाँसेको रहेछ । साथीहरुले तँ त फस्ट डिभिजनमा पास भएको छस् भनेर सुनाए । मलाई पत्यार नै लागेन । गएर गोरखापत्र हेरें । साँच्चै फस्ट डिभिजनमा पास भएको रैछु । साहै्र गदगद भएँ ।